भक्तपुर- भक्तपुर जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमित भएको बेला सार्वजनिक कार्यक्रममा सहभागी भएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरूद्ध उजुरी दर्ता गरेको छ। यसअघि आइतबार उनीबिरुद्ध आएको उजुरी प्रजिअ कार्यालयमा नभएको भन्दै दर्ता गरिएको थिएन। सहायक प्रजिअ सीता परियारका अनुसार संक्रामक ऐन २०२० अनुसार पूर्वप्रधानमन्त्री ओलीलाई कारबाही गर्न माग गर्दै उजुरी आएको हो। […]