सत्तारुढ नेपाली काँग्रेस आसन्न स्थानीय निर्वाचनमा आवश्यकता अनुसार तालमेल 'गर्न सक्ने' निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा चार दिन भएको सघन छलफलपछि काँग्रेसले स्थानीय अवस्था र आवश्यकता अनुसार तालमेल गर्न सक्ने निर्णय लिएको हो । तर काँग्रेसले एक्लै पनि आसन्न स्थानीय निर्वाचनमा बहुसङ्ख्यक स्थानीय तहमा विजयी हुने बलियो आधार र अवस्था बनेको निष्कर्ष निकालेको छ ।उक्त अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था तथा आवश्यकता अनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने काँग्