काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज अहिले सामाजिक मूल्यबाट विचलित हुन पुगेको बताएका छन्।शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले अहिले नेपाली समाज परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण हुन गएको बताए। उनले समाज सांस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् भनेर सबै सतर्क हुनुपर्ने अवस्था आएको बताए।उनले अहिले समाज भगवानसँग पनि डराउन छोडेको र अराजकता, जथाभावी बोल्नेहरूसँग रमाउन थालेको बताए। उनले आदिकवि भानुभक्त आचार