काठमाडौं : नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देशहरू राजदूतविहीन भएको ७ महिना पुग्यो। लामो समयदेखि २० देशमा राजदूत नियुक्त हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका राजदूतहरूलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो। फिर्ता बोलाएको ७ महिना पुग्दा पनि ती देशमा नयाँ राजदूत नियुक्त गर्न सकेको छैन। राजदूत नियुक्त नहुँदा कूटनीतिक पहल, श्रम सम्झौता, श्रमिकका समस्या समाधान गर्न कठिन भएको श्रम, रोजगार त