गएरातिदेखिको लगातारका वर्षाका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत प्रभावित भएको छ । निरन्तरको वर्षाले काठमाडौँ उपत्यका भएर बग्ने खोला, नदीमा पानीको सतह बढ्नाका साथै किनार र आसपासका बस्ती प्रभावित भएका छन् । वर्षाले मुख्य सडक जलमग्न हुँदा सडक यातायात प्रभावित बनेको छ ।
आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार बिहानदेखि बेइजिङमा सडक यातायात अवरुद्ध भएको छ । आइतबार साँझ ७ बजेदेखि सोमवार बिहान ८ बजे सम्ममा बेइजिङ शहरमा औसत ५.७ मिमी हिमबर्षा भएको छ । बेइजिङ मौसम विज्ञान सेवाले उपलब्ध गराएको तथ्याङ्कअनुसार सबैभन्दा बढी हिमबर्षा भएको फाङशान जिल्लामा १०.२ मिलिमिटरसम्म हिउ जमेकोे छ । शहरको मौसम केन्द्रले सोमबार […]
अमेरिकाको न्यूयोर्क शहरमा ७५ वर्षयताकै ठूलो वर्षा भएको छ। भीषण वर्षाका कारण सडक यातायात पूर्णरूपमा प्रभावित भएको छ। ढल प्रणाली बिग्रिँदा सडकको आवागमनसमेत नराम्रोसँग प्रभावित भएको सीएनएनले जनाएको छ। अधिकारीहरूका अनुसार अमेरिकाको न्यूयोर्क शहरमा ७५ वर्षयताकै ठूलो वर्षा भएको हो। सन् १९४८ पछि न्यूयोर्कमा यति ठूलो वर्षा भएको थिएन। जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनामा हुने जति वर्षा पछिल्लो ३ घण्टामा भएको छ। तीन घण्टामा ८ इञ्च वर्षा भएको त्यहाँको मौसम विभागले जनाएको छ। व
युरोपका विभिन्न शहर भीषण आँधीको चपेटामा परेका छन् । आँधीमा परि तीन बालबालिका सहित १३ जनाको ज्यान गएको छ । आँधीका कारण इटाली, अष्ट्रिया, फ्रान्सका जनता प्रभावित भएका छन् । भारी वर्षासँगै आएको आँधीका कारण सडक यातायात अवरूद्ध हुनुका साथै हवाई सेवा समेत प्रभावित भएको छ । प्रतिघण्टा सरदर २ सय २४ किलोमिटरको दरले आएको […]
काठमाडौं । इराकमा भारी वर्षापछि आएको आँधीका कारण जनजीवन प्रभावित भएको छ । आँधीले उडाएको धुलोले सडक र आकाश ढाकेपछि मानिसहरूलाई स्वास प्रस्वासमा समस्या भएपछि ४ हजार जना मानिसलाई अस्पताल भर्ना गरिएको छ। आँधीले सयौं घरका छानाहरू उडाएकाले हजारौंको बिचल्ली भएको छ। आँधिका कारण विमानस्थल, सडक यातायात विद्यालय, कलेज पूर्ण रुपमा बन्द गरिएको छ। राजधानी […]
मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवा प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेते, ठिनीलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । सडकमा हिउँ जमेपछि जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ । जोमसोममा आधा फिटसम्म बाक्लो हिउँ र जोमसोम माथिको गाउँमा १ फिटसम्म बाक्लो हिउँ जमेको छ । मुस्ताङका सबै गाउँपालिकामा
कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएको छ । मुगु, जुम्ला, डोल्पा, हुम्लामा भारी हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएको छ । मुगुस्थित ताल्चा विमानस्थलमा हवाइ उडान ठप्प भएको छ भने कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध बनेका छन्। बिहीबारबाट बाक्लो हिमपात हुँदा विमानस्थलमा हवाइ उडान हुन सकेको छैन ।कर्णालीमा यो तेस्रो पटक हिमपात भएको हो । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा हिमपात भएको ह
मुगु – कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएको छ । मुगु, जुम्ला, डोल्पा, हुम्लामा भारी हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएको छ । मुगुस्थित रारा विमानस्थलमा हवाइ उडान ठप्प भएको छ भने कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध बनेका छन्। बिहीबारबाट बाक्लाे हिमपात हुँदा विमानस्थलमा हवाइ उडान हुन सकेको छैन । कर्णालीमा यो […]
काठमाडौं । हुम्लामा भारी मात्रामा परेको हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । हिजो दिउँसो १ बजेपछि पर्न थालेको हिउँका कारण सडक यातायात तथा हवाई सेवा प्रभावित भएको छ । हिमपातका कारण जिल्ला सदरमुकाम सिमकोटसँग हुम्लाको ६ वटा स्थानीय स्थानीय तहको सम्पर्कबिच्छेद भएको र यतिबेला माइनस ७ डिग्री तापक्रम रहेको हुम्लाबाट पत्रकार रेशमराज रोकायाले रातोपाटीलाई जानकारी दिए । हिमपातका कारण जिल्लाको घोडेटो बाटो, ७ किलोमिटर सवारीसाधान गुड्ने बाटो बन्द भएको छ भने नेपालगञ्ज र सुर्खेतबाट उड्ने हवाई सेवा ब