काठमाडौं : नेकपा माओवादी केन्द्रमा २१ जना पदाधिकारी हुने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २१ जनाको पदाधिकारी राख्ने प्रस्ताव गर्दै नाम पेश गरेका हुन्। प्रचण्डले महासचिवमा देव गुरुङको नाम प्रस्ताव गरेका छन्। बैठकमा प्रचण्डले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, एक उपाध्यक्ष, एक महासचिव, ७ उपमहासचिव, ९ सचिव र एक कोषाध्यक्षकाे प्रस्ताव गरेका हुन्। गत पुसमा भएको महाधिवेशनले भने १५ जना पदाधिकारी रहने