आइतबार पाँच हजार जना राहदानीका लागि आवेदन दिन नारायणहिटी परिसरमा रहेको परराष्ट्र मन्त्रालयको राहदानी विभाग पुगेका थिए । राहदानीका लागि एकै दिनमा यति धेरैले आवेदन दिएको यो पहिलो पटक भएको सम्बन्धित अधिकारीहरू बताउँछन् । अनपेक्षित रूपमा राहदानीका लागि आवेदन दिनका लागि भीड लागेपछि व्यवस्थापनमा पनि समस्या उत्पन्न भएको थियो ।