काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको रिक्त सदस्य पदमा अधिवक्ता तेज रावल मनोनीत भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार रावललाई सदस्यमा मनोनीत गरेका हुन्।निर्वाचन समितिका सदस्य रहेका खम्मबहादुर खाती महान्यायाधिवक्तामा नियुक्त भएपछि सदस्य पद रिक्त भएको थियो। रिक्त रहेको सदस्य पदमा रावललाई मनोनीत गरिएको हो।उनलाई मनोनयन गरेको पत्रमा भनिएको छ, 'नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको रिक्त सदस्य पदमा नेपाली कांग्रेसको विधान (संशोधनसहित) को धारा २५ (९)