नेपाल–भारत विद्युत् व्यापार तथा संरचना निर्माणका विषयमा छलफल गर्न बुधबारदेखि नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक राजधानी काठमाडौँमा बस्दैछ । समितिअन्तर्गतको संयुक्त कार्यदलको बैठक र बिहीबार निर्देशक समितिको बैठक बुधबार बस्ने तय भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । बिहीबार हुने निर्देशक समिति बैठकको नेतृत्व नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीले गर्नुहुनेछ भने भारतीय पक्षको नेतृत्व त्यहाँको ऊर्जा मन्त्रालयका सचिव आलोककुमारले गर्नुहुने जनाइएको छ ।