अफगानिस्तानको सत्तामाथि कब्जा हासिल गर्ने तालिबानका प्रवक्ताले मन्त्रीको शपथ ग्रहण समारोह हाल आफ्नो योजनामा नभएको बताएका छन् ।तालिबानका प्रवक्ता सुहैल शाहीनले एक बयान जारी गरेर मन्त्रीमण्डलको शपथ ग्रहण समारोह आयोजना गर्नेे योजना सुरुमा भएको तर हालका लागि यो रोकिएको बताए ।पत्रिका जंगका अनुसार तालिबानका प्रवक्ताले शपथ ग्रहण समारोहका लागि अन्य देशका नेतालाई बोलाउनु पर्ने, उनीहरुको प्रोटोकलको पालना गर्नुपर्ने र यी सबैका लागि थप समय चाहिने बताए ।अर्कोतर्फ अफगानिस्ताका जनतासम्म सेवा पनि पु