हिमाली जिल्ला डोल्पामा गएराति भएको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ता बीचको झडपमा परी घाइते ९ जनामध्ये गम्भीर एक बालकसहित तीन जनालाई काठमाडौं लगिएको छ। एमाले निकट घाइते चार जनालाई हेलिकप्टरबाट काठमाडौं लगिएको हो । जिल्लामा उपचार सम्भव नहुने भएपछि उनीहरूलाई काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।झडपमा परी एमाले समर्थित जगदुल्ला गाउँपालिका–३ थापागाउँका ४२ वर्षीय जालपा बोहोरा, ५० वर्षीय शान्ता बोहोरा, ३८ वर्षीय भद्र बोहोरा र सोही