रुपन्देहीमा कोभिड–१९ को सङ्क्रमण दर घट्न थालेपछि जनजीवन सामान्य बन्दै गएको छ । सङ्क्रमित भएकामध्ये पनि अधिकांश घरमै आइसोलेसनमा बसेर निको हुने गरेका छन् ।
रुपन्देहीका अस्पतालहरूमा कोभिड सङ्क्रमित बिरामीको सङ्ख्या न्यून देखिएको छ ।
पहिलो र दोस्रो लहरका बेला सङ्क्रमणका कारण यहाँका अस्पताल भरि भराउ हुने गरेकोमा अहिले भने अस्पतालमा गम्भीर अवस्थाका बिरामी छैनन् ।
सङ्...