जनगणनाका लागि कञ्चनपुरमा गणक खटाइँदै

राष्ट्रिय जनगणनाका लागि कञ्चनपुरमा गणक खटाउने तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला जनगणना कार्यालय कञ्चनपुरका प्रमुख गोविन्दप्रसाद न्यौपानेका अनुसार गणकलाई चारदिने तालिम प्रदान गरी खटाउने तयारी गरिएको छ । जनगणनाका लागि खटिने गणकलाई आवश्यकपर्ने सबै विषय वस्तुबारे तालिमका क्रममा सिकाइएको कार्यालय प्रमुख न्यौपानेले बताउनुभयो । “गणकका लागि कात्तिक १३ गते देखि १६ गते सम्म तालिम दिएका छौं”, उहाँले भन्नुभयो, “तालिम पश्चात निर्धारित समयभित्रै जनगणनाको कार्य हुने छ ।”

सम्बन्धित सामग्री

कञ्चनपुर कारागारबाट २८ कैदीबन्दी स्थानान्तरण

१ पुस, कञ्चनपुर । जिल्ला कारागारबाट २८ कैदीबन्दीलाई बुधबार स्थानान्तरण गरिएको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि अन्य जिल्ला स्थानान्तरण गरिएको हो । कारागार कार्यालयका प्रमुख मायाकुमारी थापा बस्नेतका अनुसार १० लाई कैलाली, १० लाई डडेल्धुरा र आठ जनालाई दार्चुला कारागारमा स्थानान्तरण गरिएको छ । “कैदीबन्दीलाई खान बस्नसमेत समस्या भएपछि अन्यत्र स्थानान्तरण गरेका छौं” […]

कञ्चनपुर कारागारबाट २८ कैदीबन्दी स्थानान्तरण

कञ्चनपुर । जिल्ला कारागारबाट २८ कैदीबन्दीलाई बुधबार स्थानान्तरण गरिएको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि अन्य जिल्ला स्थानान्तरण गरिएको हो । कारागार कार्यालयका प्रमुख मायाकुमारी थापा बस्नेतका अनुसार १० लाई कैलाली, १० लाई डडेल्धुरा र आठ जनालाई दार्चुला कारागारमा स्थानान्तरण गरिएको छ । “कैदीबन्दीलाई खान बस्नसमेत समस्या भएपछि अन्यत्र स्थानान्तरण गरेका छौं’, उनले भनिन्, […]

कञ्चनपुर कांग्रेसमा बोगटी निर्वाचित

कञ्चनपुर– नेपाली कांग्रेस कञ्चनपुरको पार्टी सभापतिमा ९१ मत अन्तरले पदम बोगटी निर्वाचित भएका छन् । आइतबार आएको मतपरिणामअनुसार बोगटीले ८०६ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी बहादुरसिंह थापाले ७१५ मत प्राप्त गरे । बोगटी कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए भने भने नेता थापा अर्का केन्द्रीय सदस्य […]

कञ्चनपुर, डडेल्धुरा, डोटी, दार्चुला र बैतडीको जित

धनगढी (हाम्रो खेलकुद) – कैलालीको धनगढीमा जारी सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम भलिबल प्रतियोगिताको दोस्रो दिन बिहीबार कञ्चनपुर, डडेल्धुरा, डोटी, दार्चुला र बैतडीले जित हासिल गरेका छन् । पहिलो खेलमा कञ्चनपुरले बझाङलाई ३–१ को सेटमा हरायो । दोस्रो खेलमा डडेल्धुराले कैलालीलाई ३–१ को सेटमा हराउँदा तेस्रो खेलमा डोटीले अछाममाथि ३–२ को सेटमा जित दर्ता ग¥यो । यस्तै […]

कञ्चनपुर र कैलालीका १३ कैदीबन्दीको सजाय माफी

धनगढी : संविधान दिवसको अवसरमा देशभरमा ५३१ जना कैदीलाई थुनामुक्त गर्ने निर्णय गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ जनाको कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन्।सोहीअनुसार कञ्चनपुर कारागारमा रहेका ७ र कैलाली कारागारमा रहेका ६ जनाको कैद मिनाह गरिएको छ। कञ्चनपुर कारागारमा रहेका २ महिला र ५ पुरुषलाई कैद मिनाह गरिएको जेलर माया बस्नेत थापाले बताइन्। कैद मिनाह हुनेमा शिवराज भटट (कर्तव्य ज्यान मुद्दा), प्रेमसिंह भण्डारी (कर्तव्य ज्यान मुद्दा), रोहित आउजी (वहुविवाह), करिना विश

कञ्चनपुर महेन्द्रनगरको ५ सय ७२ बिघा जग्गा ‘गायब’

काठमाडौं । नगरको विकास, सम्बद्र्धन र विस्तार गर्न नगरविकास समिति गठन हुन्छन्। तर, तिनै विकास समितिहरूले कञ्चनपुर महेन्द्रनगरको ५ सय ७२ बिघा जग्गा ‘गायब’ गरेका छन्।   हरेक पटक गठन भएका नगरविकास समितिहरूले मनपरी रूपमा आफन्त, नातागोता र भुमाफियालाई जग्गा बिक्री गरेपछि अहिले ६६ बिघा मात्रै बाँकी छ। त्यसमा पनि नगर क्षेत्रभित्रको ८ बिघा जग्गा […]

कञ्चनपुर पहिलोपटक देखियो पशुमा लम्पी स्किन रोग

कञ्चनपुर : कञ्चनपुरमा पशुमा देखिने लम्पी स्किन रोग पहिलोपटक देखा परेको छ। शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका किसानले पालेका गाई गोरुमा लम्पी स्किन रोग देखा परेको हो।पशुको शरीरभरि ठूलठूला गिर्खासँगै घाउ देखिन थालेपछि किसानले नगरपालिकाको पशु शाखामा खबर गरेका हुन्। पशु शाखाका प्रमुख रामप्रसाद भट्टका अनुसार कञ्चनपुर जिल्लामै पहिलो पटक लम्पी रोग देखा परेको हो।रोग देखिएको गाउँमा भट्टको नेतृत्वमा टोली परिचालन भएको छ। सरुवा रोग भएकाले अरु पशुमा संक्रमण फैलिन नदिनका लागि किसानलाई रोगबारे जानकारी

कोरोनाका कारण कञ्चनपुर र अछाममा एक–एक जनाको मृत्यु

काठमाडौं, बैशाख १९ । कोरोना भाइरसको संक्रमणका कारण कञ्चनपुर र अछाममा एक–एक जनाको मृत्यु भएको छ । आइतबार बिहान कञ्चनपुरको महेन्द्रनगरका ३३ वर्षीय पुरुषको धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। उनीमा वैशाख १३ गते संक्रमण पुस्टि भएको थियो। उनको आइतबार बिहान ६ बजे मृत्यु भएको सूचना अधिकारी […]

कोरोनाको उच्च जोखिममा कञ्चनपुर

कञ्चनपुर। भारतमा रोजगारीका लागि गएका व्यक्ति फर्कने क्रमसँगै कञ्चनपुर कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेको छ। भारतमा कोरोनाका कारण बन्दाबन्दी हुन थालेपछि सीमा नाका नहुँदै भारतबाट फर्कनेको संख्या दिनहुँ बढिरहेको हो।स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार मंगलबार मात्रै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै फर्केका ७४० मध्ये २१४ जनाको एन्टिजेन परिक्षणमा ४५ जनाको परीक्षण नतिजा पोजेटिभ आएको थियो।

कञ्चनपुर बेदकोटमा राजमोको टोल भेला

पुष्कर भट्ट/कञ्चनपुर ।। राष्ट्रिय जनमोर्चा बेदकोट नगरपालिका वडा नम्बर ८ को बैजनाथ टोलमा आज फागुन १० गते भेला सम्पन्न भएको छ । राजमोका ८ नम्बर वडाध्यक्ष पदम साउदको अध्यक्षता र अखिल (छैठौं) का महासचिव महेशराज जोशीको विशेष उपस्थिति बेदकोट–८ बैजनाथ टोलको २ नम्बरमा सो कार्यक्रम सम्पन्न भएको हो । भेलाले दामी कुँवरको संयोजकत्वमा सहसंयोजक रामसिंह कार्की र कोषाध्यक्षमा मानमति बम रहेको १७ सदस्यीय समिति गठन गरेको छ । अखिल (छैठौं) जिल्ला सचिव पुष्कर भट्टले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्वागत मन्तव्य अखिल नेपाल युवक सङ्घका प्रदेश सदस्य भुपेन्द्र भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा राजमो नेता मानबहादुर टेर र अखिल (छैठौं) का महासचिव महेशराज जोशीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा अखिल (छैठौं) का जिल्लाध्यक्ष महेश भट्ट, राजमो नेता नरेन्द्र साउद, जयबहादुर कार्की, युवा नेता अशोक बोहरालगायतका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।