तीन महिने (डिपो) सुई परिवार नियोजनको एक प्रभावकारी अस्थायी साधन हो। यो सुई महिलाले गर्भवती हुनबाट बच्न हरेक ३–३ महिनामा लगाउनु पर्छ। डिपो एक पटक लगाएपछि ३ महिनासम्म गर्भ रहँदैन। नियमित रुपमा डिपो सुई लगाएमा यो ज्यादै प्रभावकारी हुने विज्ञले बताएका छन्। डिपो सुई स्तनपान गराउने महिलाले बच्चा जन्मेको ६ हप्तापछि नै प्रयोग गर्न सक्छन्। […]