तीनै तहको निर्वाचनमा २०७४ मा भन्दा कमजोर परिणाम ल्याए पनि माओवादीले यतिबेला संघ, दुई प्रदेश र १ सय २६ स्थानीय सरकार (पालिका) को नेतृत्व गरेको छ । संघ र प्रदेश सरकार निर्माणमा उसको हैसियत निर्णायक छ । अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री, वाग्मतीमा शालिकराम जम्कट्टेल र कर्णालीमा राजकुमार शर्मा मुख्यमन्त्री छन् ।