पत्रकारको बीमा रकम उपलब्ध गराउन ध्यानाकर्षण

काठमाडौं । सुनसरीका कोरोना संक्रमित पत्रकारहरुको बीमा रकम उपलब्ध गराउन नेपाल प्रेस युनियन सुनसरीले बीमा कम्पनीको ध्यानाकर्षण गराएको छ । बुधबार प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले आईएमी जनरल इन्स्युरेन्स कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । पत्रमा कोरोना संक्रमित सञ्चारकमीहरुको बीमाबापतको रकम उपलब्ध गराउन आग्रह गरिएको छ । इन्स्योरेन्स कम्पनीका कोभिड इन्चार्ज […]

सम्बन्धित सामग्री

काेरोनाकाे बीमा रकम उपलब्ध गराउन एमालेको माग

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद महेश बर्तौलाले कोरोना बीमाको रकम उपलब्द गराउन माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै एमाले संसदीय दलका सचेतक समेत रहेका बर्तौलाले सरकार कुम्भकर्ण भएर निदाएको आरोसमेत लगाएका छन् ।  उनले भने, ‘यो सरकार माटोको तोर्मा जस्तो भयो । ...

कोरोना बीमाको रकम उपलब्ध गराउन प्रेस युनियन सुनसरीको माग

नेपाल प्रेस युनियनले सुनसरीका कोरोना संक्रमित सञ्चारकर्मीको बीमा रकम उपलब्ध गराउन ध्यानाकर्षण गराएको छ। बुधबार प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले आइएमई जनरल इन्स्युरेन्स कम्पनी काठमाडौंलाई ध्यानाकर्षणपत्र बुझाउँदै कोरोना संक्रमित सञ्चारकर्मीहरूको...

स्वदेशमा गरेको व्यावसायिक कृषिकर्मबाट सुनिश्चित आम्दानी

भोजपुर । व्यावसायिक बाख्रापालनमा लागेका भोजपुरका गुणराज राउतले बाख्रापालनबाट वार्षिक रू. ४ देखि ५ लाखसम्म आम्दानी गर्दै आएका छन् । विदेशमा १५ वर्ष बिताएका राउतले स्वदेश फर्केर व्यावसायिक बाख्रापालन थालेका हुन् । उनले टेम्केमैयुङ गाउँपालिका-१ तिम्मामा बाख्रा फार्म सञ्चालन गर्दै आएका छन् । उनले सञ्चालन गरेको हितेश बाख्रा फार्ममा १५० बाख्रा छन् । विदेशमा लामो समय बिताउँदा पनि जीविकोपार्जनमा समस्या भएपछि स्वदेश फर्केर १० वर्षदेखि बाख्रापालन गर्दै आएको राउतले बताए । ‘तीन देशमा गरी मैले १५ वर्ष विदेशमा धेरै मेहनत गर्दा पनि सोचेजस्तो आम्दानी गर्न सकिनँ, उनले भने, ‘विदेशमा दुःख गर्नुभन्दा स्वदेशमै गर्छु भनेर १० वर्षदेखि यहाँ यहाँ गरेको बाख्रापालनबाट राम्रो आम्दानी भइरहेको छ ।’ विदेशको कामले भन्दा स्वदेशको परिश्रमले आम्दानी सुनिश्चित गरेको उनको भनाइ छ । विदेशमा गर्ने मेहनत यहाँ गर्न सके आफ्नै ठाउँमा परिवारसँग बसेर राम्रो आम्दानी लिन सकिने राउतको भनाइ छ । विदेशमा बगाउने पसिना यही बगाए देशलाई पनि योगदान पुग्ने र जीविकोपार्जनमा समस्या नहुने उनले बताए । ‘ठूलो सपना देखेर विदेश गएँ,’ उनले भने, ‘विदेश जानुअघि यहीँ व्यावसायिक कृषिमा लागेको भए हुने रहेछ । अहिले पछुताएको छु । योजनाबद्ध रूपमा व्यवसाय गर्न सके यहाँ नै विदेशको भन्दा राम्रो आम्दानी लिन सकिन्छ ।’ बाख्रालाई समय-समयमा लाग्ने रोगले भने समस्या दिने गरेको राउतको भनाइ थियो । ग्रामीण भेगमा पशु चिकित्सकको उपस्थिति कम हुने तथा कृषकलाई बाख्रापालन र बाख्रामा लाग्ने रोगका विषयमा जानकारी नहुँदा समस्या हुने गरेको उनले बताए । ‘बाख्रा बिरामी हुँदा उपचार गराउन समस्या छ,’ राउतले भने, ‘राज्यले उपचारका लागि सहज वातावरण बनाइदिए राम्रो हुन्थ्यो । मैले त लामो समय भएकाले अनुभवका आधारमा पनि उपचार गराइरहेको छु । भर्खर व्यवसाय थाल्नेलाई भने समस्या छ ।’ उनले फार्ममा भएका सबै बाख्रको बीमा गराएको भन्दै बीमा रकम लिन भने झन्झट रहेको बताए । विदेशबाट फर्केर स्थानीय खड्गबहादुर राउतले पनि व्यावसायिक रूपमा सतुवा तथा चिराइतो खेती गर्दै आएका छन् । उनले वार्षिक रू. ३ देखि ५ लाखसम्म आम्दानी गर्दै आएको बताए । ‘विदेशमा लामो समय बिताए । सोचजस्तो आम्दानी गर्न सकिनँ,’ उनले भने, ‘अहिले व्यावसायिक रूपमा जडीबुटीको खेती गरिरहेको छु । परिवारको दैनिक घर खर्च धानेर राम्रै आम्दानी गर्दै आएको छु ।’ विदेशबाट फर्केर प्रेम बस्नेतले पनि बाख्रापालन गर्दै आएका छन् । व्यावसायिक भएर काम गर्दा आनन्द हुने बस्नेतको भनाइ छ । ‘विदेशमा धेरै नै दुःख छ,’ उनले भने, ‘यहाँ दुःख गरेको सबैले देख्छन् । परिवारसँग बसेर मिठोमसिनो खान पाइन्छ । विदेशमा गर्ने दुःख यहाँ गर्ने हो भने पैसा कमाउन कुनै समस्या छैन ।’ विदेश यहाँबाट सोचेर गएजस्तो सहज नहुने उनको भनाइ थियो । विदेशबाट फर्केर यहाँका धेरै युवाले व्यावसायिक रूपमा कृषि व्यवसायका साथै पशुपालन गर्दै आएका छन् । आवश्यक प्राविधिक ज्ञानको अभावका कारण केही समस्या हुने गरेको उनीहरूको भनाइ छ । कृषिका क्षेत्रमा राज्यले तालीम तथा आवश्यक प्रविधिक ज्ञान उपलब्ध गराउन सहजीकरण गरिदिए व्यवसायमा लाग्न थप हौसला मिल्ने उनीहरूले बताएका छन् । -रासस

उद्योग वाणिज्य संघ चितवनका उद्योगी व्यवसायीले लगाए कोरोना विरुद्धको खोप

साउन १६, चितवन । उद्योग वाणिज्य संघ चितवनमा आवद्ध  १ हजार १०० जना उद्योगी तथा व्यवसायीले कोरोना विरुद्धको खोप लगाएका छन् । संघको परिसरमा शनिवार उनीहरुलाई  व्यवसायीलाई कोरोना खोप लगाइएको हो । कोरोना खोप कार्यक्रमको पहिलो चरणको कार्यक्रममा बोल्दै संघका अध्यक्ष राजु श्रेष्ठले कोभिडको प्रकोप शुरु भएपछि  निजी क्षेत्रले राहत वितरण लगायतका क्रियाकलापमा अग्रभागमा रहि काम गर्दै आएको बताए । खोपबीना उद्योग व्यवसाय गर्न जोखिम रहेको भन्दै व्यापार व्यवसायले पनि गतिलिन नसकेको उनले बताए । आगामी दिनमा छुटेका उद्योगी व्यवसायील पनि खोप उपलब्ध गराउन संघ अगाडि बढ्ने भन्दै उनले खोप लगाएपछि उद्योगी व्यवसायीमा अलग्गै उर्जा थपिने उनले बताए ।  देशभर विभिन्न क्षेत्र र संस्था तथा उमेर समूहले खोप माग गरिरहेको अवस्थामा भरतपुर महानगरपालिका तथा स्वास्थ्य कार्यालय चितवनले खोप उपलब्ध गराईदिएकोमा उनले धन्यवाद पनि दिएका छन् । संघले गत बर्ष पनि संघमा आवद्ध व्यवसायीहरुका लागि कोरोना बीमाको व्यवस्था गर्दै  कोरोना संक्रमित व्यवसायीहरुलाई बीमा रकम हस्तान्तरण गरिसकेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए । आगामी दिनमा उद्योग व्यवसायीहरु थप रचनात्मक र सृजनात्मक कार्यमा अघि बढ्ने केसीको भनाइ थियो  ।