स्वदेशमा गरेको व्यावसायिक कृषिकर्मबाट सुनिश्चित आम्दानी

भोजपुर । व्यावसायिक बाख्रापालनमा लागेका भोजपुरका गुणराज राउतले बाख्रापालनबाट वार्षिक रू. ४ देखि ५ लाखसम्म आम्दानी गर्दै आएका छन् । विदेशमा १५ वर्ष बिताएका राउतले स्वदेश फर्केर व्यावसायिक बाख्रापालन थालेका हुन् । उनले टेम्केमैयुङ गाउँपालिका-१ तिम्मामा बाख्रा फार्म सञ्चालन गर्दै आएका छन् । उनले सञ्चालन गरेको हितेश बाख्रा फार्ममा १५० बाख्रा छन् । विदेशमा लामो समय बिताउँदा पनि जीविकोपार्जनमा समस्या भएपछि स्वदेश फर्केर १० वर्षदेखि बाख्रापालन गर्दै आएको राउतले बताए । ‘तीन देशमा गरी मैले १५ वर्ष विदेशमा धेरै मेहनत गर्दा पनि सोचेजस्तो आम्दानी गर्न सकिनँ, उनले भने, ‘विदेशमा दुःख गर्नुभन्दा स्वदेशमै गर्छु भनेर १० वर्षदेखि यहाँ यहाँ गरेको बाख्रापालनबाट राम्रो आम्दानी भइरहेको छ ।’ विदेशको कामले भन्दा स्वदेशको परिश्रमले आम्दानी सुनिश्चित गरेको उनको भनाइ छ । विदेशमा गर्ने मेहनत यहाँ गर्न सके आफ्नै ठाउँमा परिवारसँग बसेर राम्रो आम्दानी लिन सकिने राउतको भनाइ छ । विदेशमा बगाउने पसिना यही बगाए देशलाई पनि योगदान पुग्ने र जीविकोपार्जनमा समस्या नहुने उनले बताए । ‘ठूलो सपना देखेर विदेश गएँ,’ उनले भने, ‘विदेश जानुअघि यहीँ व्यावसायिक कृषिमा लागेको भए हुने रहेछ । अहिले पछुताएको छु । योजनाबद्ध रूपमा व्यवसाय गर्न सके यहाँ नै विदेशको भन्दा राम्रो आम्दानी लिन सकिन्छ ।’ बाख्रालाई समय-समयमा लाग्ने रोगले भने समस्या दिने गरेको राउतको भनाइ थियो । ग्रामीण भेगमा पशु चिकित्सकको उपस्थिति कम हुने तथा कृषकलाई बाख्रापालन र बाख्रामा लाग्ने रोगका विषयमा जानकारी नहुँदा समस्या हुने गरेको उनले बताए । ‘बाख्रा बिरामी हुँदा उपचार गराउन समस्या छ,’ राउतले भने, ‘राज्यले उपचारका लागि सहज वातावरण बनाइदिए राम्रो हुन्थ्यो । मैले त लामो समय भएकाले अनुभवका आधारमा पनि उपचार गराइरहेको छु । भर्खर व्यवसाय थाल्नेलाई भने समस्या छ ।’ उनले फार्ममा भएका सबै बाख्रको बीमा गराएको भन्दै बीमा रकम लिन भने झन्झट रहेको बताए । विदेशबाट फर्केर स्थानीय खड्गबहादुर राउतले पनि व्यावसायिक रूपमा सतुवा तथा चिराइतो खेती गर्दै आएका छन् । उनले वार्षिक रू. ३ देखि ५ लाखसम्म आम्दानी गर्दै आएको बताए । ‘विदेशमा लामो समय बिताए । सोचजस्तो आम्दानी गर्न सकिनँ,’ उनले भने, ‘अहिले व्यावसायिक रूपमा जडीबुटीको खेती गरिरहेको छु । परिवारको दैनिक घर खर्च धानेर राम्रै आम्दानी गर्दै आएको छु ।’ विदेशबाट फर्केर प्रेम बस्नेतले पनि बाख्रापालन गर्दै आएका छन् । व्यावसायिक भएर काम गर्दा आनन्द हुने बस्नेतको भनाइ छ । ‘विदेशमा धेरै नै दुःख छ,’ उनले भने, ‘यहाँ दुःख गरेको सबैले देख्छन् । परिवारसँग बसेर मिठोमसिनो खान पाइन्छ । विदेशमा गर्ने दुःख यहाँ गर्ने हो भने पैसा कमाउन कुनै समस्या छैन ।’ विदेश यहाँबाट सोचेर गएजस्तो सहज नहुने उनको भनाइ थियो । विदेशबाट फर्केर यहाँका धेरै युवाले व्यावसायिक रूपमा कृषि व्यवसायका साथै पशुपालन गर्दै आएका छन् । आवश्यक प्राविधिक ज्ञानको अभावका कारण केही समस्या हुने गरेको उनीहरूको भनाइ छ । कृषिका क्षेत्रमा राज्यले तालीम तथा आवश्यक प्रविधिक ज्ञान उपलब्ध गराउन सहजीकरण गरिदिए व्यवसायमा लाग्न थप हौसला मिल्ने उनीहरूले बताएका छन् । -रासस

सम्बन्धित सामग्री

बेलडाँडीका जागरुक महिला : व्यावसायिक तरकारी खेतीबाट गतिलो आम्दानी गर्दै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका सहकारीमा आबद्ध महिला व्यावसायिक कार्य गरेर गतिलो आम्दानी हात पार्न थालेका छन् । व्यावसायिक तरकारी खेती, बङ्गुरपालन, बाख्रापालन, माछापालनलगायतको कार्य गरेर महिलाले आम्दानी गर्दै आएका हुन् । गाउँका महिला एकजुट भएर पहिला समूह निर्माण गरी रकम बचत गर्दै आएका थिए । समूहको रकम बढ्दै गएपछि महिलाले कलश महिला कृषि सहकारी संंस्था […]

साेलुखुम्बुकाे पत्तालेमा व्यावसायिक स्याउ खेती गर्दै युवा, मनग्य आम्दानी

सोलुखुम्बु - सोलुदूधकुण्ड नगरपालिका-८ पत्तालेका युवाहरुले स्याउ खेतीबाट मनग्य आम्दानी लिन थालेका छन्। यस क्षेत्रका आठ जना युवाहरुले करिब दुई वर्षअघिदेखि सामूहिक रुपमा सुरु गरेको व्यावसायिक स्याउ खेतीबाट अहिले राम्रो आम्दानी लिन थालेका हुन् । आफूहरुले कृषि एग्रो टुरिजम डेभलपमेन्ट फर्म मार्फत् १ सय ८६ रोपनी जग्गामा १८ हजार स्याउको बिरुवा रोपेको फर्म सञ्चालक कर्म शेर्पाले बताउनुभयो । इटलियन जातको स्याउबाट यस आर्थिक वर्षमा ५ लाख रुपैयाँभन्दा बढी आम्दानी भएकाे सञ्चालक शेर्पाको भनाइ छ। पहिलो पटक...

व्यावसायिक कुखुरापालनबाट वार्षिक ४० लाख आम्दानी

झापाको मेचीनगर–८ स्थित गिरीगाउँका युवा व्यवसायी ईश्वर गिरीले छ वर्षदेखि व्यावसायिक कुखुरापालन गर्नुभएको छ । उहाँले यसबाटै राम्रो कमाइसमेत गर्नुभएको छ । द पूर्वाञ्चल पोल्ट्री फार्म प्रालि दर्ता गरेर १० कठ्ठा जग्गामा व्यावसायिकरूपमा गरेको लेयर्स जातको कुखुरापालनबाट वार्षिकरूपमा रू ४० लाख आम्दानी गर्न सफल भएको गिरीले बताउनुभयो । रु एक करोड लगानीमा फार्म सञ्चालन गर्नुभएका […]

व्यावसायिक कुखुरापालनबाट मनग्य आम्दानी

झापाको मेचीनगर–८ स्थित गिरीगाउँका युवा व्यवसायी ईश्वर गिरीले छ वर्षदेखि व्यावसायिक कुखुरापालन गरेका छन् । उनले यसबाटै राम्रो कमाइसमेत गरेका छन् । द पूर्वाञ्चल पोल्ट्री फार्म प्रालि दर्ता गरेर १० कठ्ठा जग्गामा व्यावसायिकरूपमा गरेको लेयर्स जातको कुखुरापालनबाट वार्षिकरूपमा रू ४० लाख आम्दानी गर्न सफल भएको गिरीले बताए।रु एक करोड लगानीमा फार्म सञ्चालन गरेका उनले अहिले लेयर्स जातका छ हजार पाँच सय कुखुरा पालेका छन् । लेयर्स जातका कुखुराले एक ‘लट’मा पाच वर्षसम्म अण्डा दिने गरेको तर १५ म

व्यावसायिक किबी खेतीबाट मनग्य आम्दानी गर्दै सिन्धुपाल्चोकका कृषक

काठमाडौँ- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका कृषक व्यावसायिक किबी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । वर्षौँदेखि परम्परागतरुपमा लगाउँदै आएको मकै खेती छाडेर उनीहरु किबीबाट मनग्य आम्दानी गर्न थालेका हुन् । सिन्धुपाल्चोकमा किबी खेतीका लागि उपयुक्त वातावरण भएकाले कृषक यसको खेतीतर्फ आकर्षित हुन थालेका छन् । मेलम्ची नगरपालिका–१ भोटेचौरमा १४ जना कृषक मिलेर किबी खेती गरिरहेका छन् […]

व्यावसायिक किबीखेतीबाट आम्दानी गर्दै मेलम्चीका कृषक

मेलम्ची, ९ असोज । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका कृषक व्यावसायिक किबी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । वषौँदेखि परम्परागतरुपमा लगाउँदै आएको मकै खेती छाडेर उनीहरु किबीबाट मनग्य आम्दानी गर्न थालेका हुन् । सिन्धुपाल्चोकमा किबी खेतीका लागि उपयुक्त वातावरण भएकाले कृषक यस पेसातर्फ आकर्षित हुन थालेका छन् । मेलम्ची नगरपालिका–१ भोटेचौरमा १४ जना कृषक मिलेर किबी […]

व्यावसायिक बाख्रापालनबाट लाखौँ आम्दानी गर्दै डोल्पाका युवा

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका युवाहरूले जिल्लामै पहिलोपटक व्यावसायिक बाख्रापालन गरेर लाखौँ आम्दानी गरेका छन् । चार वर्षअघि नगरपालिकाको वडा नं ५ खदाङमा दुईजना युवा मिलेर २५ वटा बाख्राबाट सुरु गरिएको व्यवसायमा अहिले...

व्यावसायिक केरा खेतीबाट आम्दानी

म्याग्दीमा परम्परागत खेतीलाई विस्थापित गर्दै युवाहरु व्यावसायिक कृषि र पशुपालनमा लागेका छन् ।कोरोना महामारीपछि वैदेशिकलगायतका रोजगारी गुमेपछि आम्दानीका स्रोत बनाउन पुर्खाहरुको जग्गामा युवाहरुले परिश्रम गर्ने क्रम बढेको छ । युवाहरुले सुन्तला, केरा, किवीसँगै तरकारी र पशुपालनलाई पेशा बनाएर नियमित आम्दानी स्रोतको रुपमा विकास गर्न लगानी गरेका छन् ।रघुगंगा गाउँपालिका– २ रिसिन चौतारीका बलबहादुर विक, रमेश […]

बाख्रापालनबाट आम्दानी गर्दै दाङका किसान

व्यावसायिक बाख्रापालनबाट पछिल्लो समयमा राम्रो आम्दानी हुँदै आएको छ । सस्तो र कम खर्चमा धेरै आम्दानी गर्न सकिने भएपछि दाङमा व्यावसायिक रूपमा बाख्रापालन फस्टाएको छ । अधिकांश किसान बाख्रापालनबाट राम्रो आम्दानी गरेका छन् ।   घोराही उपमहानगरपालिका–१ निवासी सुमन थापाले ४ वर्षदेखि व्यावसायिक रूपमा बाख्रापालन शुरू गरेका हुन् । विदेशमा दुःख, कष्ट सहेर काम गर्दा सोचेजस्तो सफलता हात नपरेका र राम्रो कमाइ गरेका पनि नेपालमा आएर व्यावसायिक रूपमा बाख्रापालनमा आकर्षण भएका छन् । थापाले घर खर्चको लागि पालेका २ बाख्राब...

व्यावसायिक रोजमेरी खेतीको सुुरुवात

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका किसानले व्यावसायिक रोजमेरी खेतीको सुुरुवात गरेका छन् । पछिल्लो समय अन्नबालीभन्दा नगदेबालीबाट राम्रो आम्दानी गर्न सकिने भन्दै व्यावसायिक रोजमेरी खेती गरेका हुन् ।जिल्लाको त्रिवेणी गाउँपालिकाका किसानले औषधीजन्य गुण भएको रोजमेरी खेतीलाई व्यावसायिक खेतीका रूपमा अंगालेका छन् । बाँझो जमिनमा समेत खेती गर्न सकिने रोजमेरीबाट प्रशस्त आम्दानी हुने भएकाले त्रिवेणीका २० भन्दा […]