महोत्तरी : मधेश प्रदेशको प्राचीन मिथिलामा ‘महाकुम्भ’ भनिने मिथिला मध्यमा ९माध्यमिकी० परिक्रमा सम्पन्न भएको छ। महोत्तरी, धनुषा र मित्रराष्ट्र भारतको मधुवनी जिल्लाका विभिन्न तीर्थस्थल घुम्दै १३३ किलोमिटरको वृत्ताकारमा गरिने १५ दिने मध्यमा परिक्रमा आज बिहान पावन नगरी जनकपुरधामको अन्तर्गृह परिक्रमा गरिएसँगै सम्पन्न भएको हो।कुल १५ दिनको यस यात्रामा महोत्तरीमा पाँच, धनुषामा छ। र‚ भारतको मधुवनी जिल्लामा चार रात्रि बासको परम्परा छ। जनकपुरधामको रङ्गभूमि मैदानमा १५ औँ दिनको रात्रिबास गरे