शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मेडिकल विषयका विद्यार्थीले चाहेको विषय पढ्न नपाएको गुनासो बढेको बताएका छन् । सोमबार चिकित्सा शिक्षा आयोग, मेडिकल काउन्सिल, स्वास्थ्य प्रतिष्ठान पदाधिकारी, विश्वविद्यालय पदाधिकारी र विश्वविद्यालय अनुदान आयोगका पदाधिकारीहरूसँगको छलफलमा मन्त्री पौडेलले यस्तो बताएका हुन् ।‘नर्सिङलगायतका विषयमा विद्यार्थीले चाहे अनुसार पढ्न नपाएको गुनासो गम्भिर तरिकाले उठेको छ’ मन्त्री पौडेलले भने, ‘कानुन संशोधन गरेरै भएपनि पढ्न विदेश जाने विद्यार