राष्ट्रियसभा सदस्य विमला राई पौडेलले कक्षा १२ को परीक्षा स्थगित हुँदा लाखौं विद्यार्थीको भविष्य चौपट भएको बताएकी छिन् । बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दै राईले अघिल्लो वर्ष नै हुनुपर्ने परीक्षा अहिले फेरि स्थगित हुँदा लाखौं विद्यार्थीको भविष्य चौपट भएको उल्लेख गरिन् ।उनले भनिन्– ‘कतिपय बाहिर जाने योजना बनाएका विद्यार्थी पनि थला परेका छन् । हुन त कोरोनाका कारण भौतिक उपस्थितिमा परीक्षा लिन नसकिने भन्ने कुरा त छ तर स्वास्थ्यका विज्ञहरु र शिक्षाका विज्ञहरु एकै ठाउँ बसेर १२ कक्षाका विद्