विदेश जाने विद्यार्थी रोकेको दाबी

विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित शिक्षण संस्थाले बर्सेनि हजारौँ विद्यार्थीलाई उच्च शिक्षाका लागि विदेश जानबाट रोकेको दाबी गरेका छन् । नेपालमा उच्च शिक्षा प्रदान गर्ने त्यस्ता शिक्षण संस्थाको सङ्ख्या ५९ वटा पुगेका छन् । यी कलेजमा हाल २९ हजार ५०६ जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये सात हजार पाँच सय जनाले पूर्ण वा आंशिक छात्रवृत्ति पाएका छन् ।