स्टार खेलाडीले भरिएको मच्छिन्द्र फुटबल क्लबलाई स्तब्ध बनाउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब छैटौँ मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ।...
काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लबले थ्री स्टार क्लबलाई हराएको छ ।
ललितपुरको च्यासल मैदानमा भएको खेलमा मच्छिन्द्रले थ्री स्टारलाई १–० गोलले हरायो । जितसँगै मच्छिन्द्र २७ अङ्कसहित तेस्रो स्थानमा पुगेको छ । २५ अङ्क रहेको थ्री स्टार चौथो स्थानमा झरेको छ ।
आजै दशरथ रङ्गशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेडलाई १–० गोलले हरायो । उसका जिलेस्पीजंग कार्कीले गोल गरे । आर्मी २४ अङ्कसहित पाँचौँ स्थानमा पुगेको छ । ३० अङ्कसहित चर्च ब्वाइज दोस्र...
बागमती युथ क्लब खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबलाई ४–२ गोलअन्तरले हराउँदै बागमतीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
निर्धारित अवधिमा निकै...
विजेतालाई २१ लाख पुरस्कार राशि रहेको मोफसलको प्रतिष्ठित खप्तड गोल्डकपमा मच्छिन्द्र क्लब स्तब्ध बनेको छ। सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र बाग्मती युथ क्लबसँग आफ्नो पहिलो खेलमा नै पराजित हुन पुग्यो।धनगढीमा जारी पाँचौँ सुदूरपश्चिम खप्तड गोल्डकपअन्तर्गत सेमिफाइनलका लागि महत्त्वपूर्ण खेलमा मच्छिन्द्र पेनाल्टी सुटआउटमा स्तब्ध बनेको हो। मंगलबार भएको खेलमा निर्धारित समय दुबै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो। जहाँ बाग्मतीले ४-२ ले नतिजा आफ्नो पक्षमा प
सशस्त्र प्रहरी बलको एपिएफ क्लव पोखरामा जारी आहारारा गोल्डकपको उपाधि नजिक पुगेको छ। पोखरा रंगशालामा बुधबार भएको खेलमा सहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा रहेको मच्छिन्द्र क्लवलाई ३–१ गोल अन्तरले स्तब्ध पार्दै एपिएफ फाइनलमा प्रवेश गरेको हो।...
सहिद स्मारक ‘ए’ डिभिजन लिगको नवौं चरणमा मनाङ शुक्रबार सातदोबाटो क्लबसँग २–१ ले स्तब्ध भएको हो। मनाङ ९ खेलमा १९ अंकका साथ तालिकाको दोस्रो स्थानमा यथावत् छ। शीर्ष स्थानको मच्छिन्द्र फुटबल क्लब मनाङभन्दा एक अंकले अघि छ र उसले एक खेल कम खेलेको छ।...
काठमाडौं : सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा साविक च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङदी क्लबलाई १-० ले पराजित गरेको छ। अतिरिक्त समयमा सुनिल वलले गरेको सानदार फ्रीकिक सीधै गोलमा परिणत हुँदा मनाङ स्तब्ध बनेको थियो। जितसँगै मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको छ।जारी लिगकै सर्वाधिक दर्शक उपस्थित रहेको प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले निर्धारित समय गोलरहित बराबरी खेले पनि मच्छिन्द्रका लागि पाँच मिनेट थप गरिएको अतिरिक्त समयको दोस्रो मिनेटमा सुनिल वलले डि बक्सभन्दा निकै बाहिरबाट