रामेछाप – मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतसहित पाँच जनप्रतिनिधिले नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।
एकीकृत समाजवादीमा जानेहरूमा मन्थली नगरपालिकाका मेयरसहित वडा नं १२ गेलुका निर्वाचित वडा सदस्यद्वय लीलाबहादुर बुढाथोकी र उमेश कार्की रहेका छन् । त्यसैगरी लिखु तामाकोशी गाउँपालिका ७ की वडा सदस्य भीमलक्ष्मी सार्कीले पनि एमाले छाडेर एकीकृत समाजवादी पार्टी रोज्नुभएको छ ।
नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी सञ्चालन गर्न नसकेको र दुई/दुई पटक संसद् विघटन ...