भूकम्पपीडितलाई एनआरएनए अष्ट्रेलियाको १० हजार डलर सहयोग, पुनर्निर्माणमा पनि सघाउने

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले भूकम्प पीडितहरूको उद्दार तथा राहतका लागि तत्काल १० हजार अष्ट्रेलियन डलर सहयोग गर्ने भएको छ।  संघको विपत् उद्दार कोषबाट तत्काल उद्दार तथा राहतका लागि सो रकम छुट्याइएको...

सम्बन्धित सामग्री

नेपालको ग्रिड एजेण्डामा विकास साझेदारबाट ५ खर्ब सहयोगको प्रतिवद्धता

असोज ८, काठमाडौं । नेपालका लागि विकास साझेदार निकायहरुले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) एजेण्डामा करीब ५ खर्ब रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिवद्धता वयक्त गरेका छन् ।  सरकार र विकास साझेदार बीच शुक्रवार ‘काठमाडौं घोषणापत्र’  अनुमोदन गर्दै घोषणापत्रमा उक्त रकम बराबरको सहायता परिचालनको प्रतिवद्धता साझेदार निकायहरुले गरेका हुन् । ग्रिड एजेण्डामा नेपालका विकास साझेदारहरुले ४ अर्ब २० करोड अमेरिकी डलर (४ खर्ब ९६ अर्ब रुपैयाँ) सम्मको सम्भावित भविष्यको सहयोगको पहिचान गरिएको छ । यसका अतिरिक्त विकास साझेदारहरुले ग्रिड एजेण्डामा सहयोग गर्न ३ अर्ब २० करोड अमेरिकी डलर (करीब ३ खर्ब ७८ अर्ब रुपैयाँ) बराबरको स्रोत परिचालनको प्रतिवद्धता यसअघि नै गरिसकेका छन् । विश्व बैंकका अनुसार कोभिड-१९ महामारीले निम्त्याएको संकटबाट नेपालको पुनरुत्थानका लागि प्राथमिकताका क्षेत्रमा लगानी गर्नका लागि यस ग्रिड रणनैतिक कार्य योजनाले अन्तरराष्ट्रिय र घरेलु लगानीहरूको समन्वय गर्नेछ । ‘दीगो पुनरुत्थान, वृद्धि तथा रोजगारीका लागि नेपालको हरित उत्थानशील र समावेशीतर्फको यात्रा’ नामक उच्च स्तरीय सम्मेलनका अवसरमा उक्त घोषणापत्र जारि गरिएको हो । नेपाल सरकार, एसियाली विकास बैंक, अष्ट्रेलिया, यूरोपेली संघ, फिनल्याण्ड, जर्मनी, अन्तरराष्ट्रिय मुद्रा कोष, जापान, नर्वे, कोरियाली गणतन्त्र, स्वीट्जरल्याण्ड, संयुक्त राज्य बेलायत, संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका र विश्व बैंकका तर्फबाट घोषणा पत्र अनुमोदन भएको हो । विश्व बैंकका अनुसार कोभिड-१९ महामारीले निम्त्याएको संकटबाट नेपालको पुनरुत्थानका लागि प्राथमिकताका क्षेत्रमा लगानी गर्न ग्रिड रणनीतिक कार्ययोजनाले अन्तरराष्ट्रिय र राष्ट्रिय लगानीको समन्वय गर्ने काम गर्ने भएको छ । उक्त अवसरमा अर्थमन्त्री जनार्दन शर्माले ग्रिड योजनाका लागि सरकार प्रतिवद्ध रहेको बताए । उनले यसबाट नेपालमा जलवायु परिवर्तनका चुनौती र बढ्दो असमानता सम्बोधन गर्न सघाउने समेत बताएका छन् । नेपालको सबल र उत्थानशील पुनर्निर्माणमा विकास साझेदार र निजी क्षेत्रसहितका सरोकारवालासँग मिलेर काम गर्न सरकार तयार रहेको उनले बताएका छन्। दक्षिण एशियाका लागि विश्व बैंकका उपाध्यक्ष हार्टविग शेफरले जलवायू परिवर्तनका लागि नेपालको राष्ट्रिय स्तर बाट निर्धारित योगदान  र दिगो विकास लक्ष्यका उद्देश्यहरूसँग मेल खाने गरि लगानी तथा नीतिहरू निर्देशित गर्ने यस ग्रिड योजनामा सहयोग गर्न पाउँदा खुशी भएको बताए । ग्रिड अन्तर्गतका लगानीले नेपालको १५ औं विकास योजना, पेरिस जलवायु सम्झौताका लागि राष्ट्रिय स्तरमा निर्धारित योगदान तथा दीगो विकास लक्ष्यका उद्देश्य हासिल गर्न सघाउने बताइएको छ । यसअन्तर्गत हरित वृद्धि, रोजगारी तथा पूर्वाधार प्रवर्द्धन, जलवायु परिवर्तन तथा विपद्बाट आइपर्ने आघात विरुद्ध लड्न समेत सहयोग पुग्ने उल्लेख गरिएको छ ।

मुगुका अग्निपीडितको अझै पालमुनिकै बास, - Naya Patrika

सरकारले न राहत दियो, न त पुनर्निर्माणमा सहयोग कर्णाली मुख्यमन्त्री महेन्द्रबहादुर शाही हेलिकोप्टरमै अग्निपीडित मुगुको मुगुम कार्मारोङ गाउँपालिका–४ किम्री गाउँ पुगेर पुनर्निर्माणका लागि सघाउने वाचा गरे । मन्त्री र सांसदले पनि...पूरा पढ्नुहोस् »

भारतले ५० हजार घर पुनर्निर्माणमा सघाउने

भारतले भूकम्प प्रभावित गोरखा र नुवाकोटमा ५० हजार घर पुनर्निर्माणमा सघाउने भएको छ। २०७२ सालको विनाशकारी भूकम्पले सबैभन्दा बढी प्रभावित गोरखा र नुवाकोटमा पुनर्निर्माणका लागि भारतले युएनडिपीसँग मिलेर १६.२ मिलियन डलरको लागतमा ५० हजार घर निर्माण गर्ने काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।

सिन्धुलीगढी पुनर्निर्माणमा एनआरएनएले सघाउने - Naya Patrika

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ऐतिहासिक सिन्धुलीगढीको जीर्णाेद्वार एवं पुनर्निर्माण गुरुयोजना तयार पार्न सहयोग गर्ने भएको छ । सम्झौतापत्रमा एनआरएनए अध्यक्ष भवन भट्ट र कमलामाई नगरपालिका प्रमुख खड्ग खत्रीले हस्ताक्षर गरेका...पूरा पढ्नुहोस् »