भारतले ५० हजार घर पुनर्निर्माणमा सघाउने

भारतले भूकम्प प्रभावित गोरखा र नुवाकोटमा ५० हजार घर पुनर्निर्माणमा सघाउने भएको छ। २०७२ सालको विनाशकारी भूकम्पले सबैभन्दा बढी प्रभावित गोरखा र नुवाकोटमा पुनर्निर्माणका लागि भारतले युएनडिपीसँग मिलेर १६.२ मिलियन डलरको लागतमा ५० हजार घर निर्माण गर्ने काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।