गठबन्धन सरकारले नागरिकका आवाजलाई सम्बोधन गरेको छ : प्रकाश शरण महत

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसले पाँच दलीय गठबन्धनको सरकारले हरेक नेपालीको आवाजलाई सम्बोधन गरेको दाबी गरेको छ। पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रवक्ता प्रकाश शरण महतले गठबन्धनले देशलाई सही ट्याकमा ल्याएको दाबी गरेका हुन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सङ्केत गरेर संवैधानिक अङ्गमाथि भएको प्रहार गरेपछि गठबन्धन बनेको बताए। उनले गठबन्धनले हरेक नागरिकका आवाजलाई […] The post गठबन्धन सरकारले नागरिकका आवाजलाई सम्बोधन गरेको छ : प्रकाश शरण महत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बजेटको बाकस बोकेर संसदतिर जाँदै गरेका अर्थ मन्त्री महत यस्ता देखिए

काठमाडौं : अर्थ मन्त्री डा प्रकाश शरण महत अर्थ मन्त्रालयबाट संसदतिर बजेटको ब्रिफकेस लिएर निस्किएका छन्। आज हुने बजेट भाषणको सबै तयारी पूरा भइसकेपछि उनी सिंहदरबारबाट संसद भवन वानेश्वरतिर लागेका हुन्। भर्खरै संसद भवन पुगेका उनी हँसिलो मुद्रामा पोज दिन तयार भए। ब्रिफकेस उचालेर फोटो पत्रकारलाई देखाएपछि मात्रै उनी भित्र…

बञ्चरेडाँडामा थालियो फोहोर खसाल्न

काठमाडौँ । काठमाडौँ उपत्यकाका फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा खसाल्न थालिएको छ । बञ्चरेडाँडा ल्याण्डफिल साइट पीडित सङ्घर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेसँगै काठमाडौँबाट गएका ट्रकहरूले ल्याण्डफिल साइटमा फोहोर खसाल्न थालेको हो । शुक्रवार बिहान भएको छलफलमा सहरी विकास मन्त्रीले प्रतिबद्धतापत्र सार्वजनिक गर्ने बाचा गरेकी थिइन् भने नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत लगायतका नेताहरूले […]

प्रधानमन्त्री देउवा सेनाको हेलिकप्टर चढेर पुगे दमौली

काठमाडौँ । चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली सेनाको हेलिकप्टर चढेर तनहुँको सदरमुकाम दमौली पुगेका छन् । शनिवार सत्तारुढ गठबन्धनले बुटवलमा आयोजना गरेको कार्यक्रममा सहभागी भएर देउवा नेपाली काँग्रेसले आयोजना गरेको सभामा सहभागी हुन तनहुँ पुगेका हुन् । देउवासँगै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा. प्रकाश शरण महत पनि तनहुँ […]

आयल निगमका कार्यकारी निर्देशक काँग्रेस प्रचारप्रसार समितिको सदस्यमा

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशकुमार थानी काँग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति’ सदस्यमा मनोनीत भएका छन् । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत नेतृत्वको समिति सदस्यमा थानी नियुक्त भएका हुन् । गत १५ चैतमा बसेको काँग्रेस केन्द्रीय समिति बैठकमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार […]

काँग्रेस महामन्त्री मतगणना अपडेट : ७०० मतगणना सकियो, गगनको ४१८

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । हालसम्म मतको गणना भएकोमा गगन थापाले भारी अग्रता बनाएका छन् । यस्तो छ ताजा नतिजा : गगन थापा – ४१८ प्रकाश शरण महत – २३० प्रदीप पौडेल – २३६ मिनेन्द्र रिजाल – १२० विश्वप्रकाश शर्मा – २७४

काँग्रेस महामन्त्री मतगणना : अग्रता बढाउँदै गगन

काठमाडौँ । नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको जारी मतगणना अनुसार ५०० मतको गणना सकिएको छ । हालसम्मको नतिजा यस प्रकार छ । गगन कुमार थापा ३२५ प्रकाश शरण महत १६३ प्रदिप पौडेल १७७ मिनेन्द्र रिजाल ८६ राजाराम कार्की १२ विश्व प्रकाश शर्मा १८५

सुरुवाती १०० मतपत्र गन्दा गगनको सर्वाधिक भोट, दोस्रोमा विश्वप्रकाश

नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत बिहीबारदेखि सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ।  निर्वाचन समितिका अनुसार १०० मत गन्दा गगन थापाले सर्वाधिक ७० मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्मा ३४ मतका साथ दोस्रो स्थानमा छन् । यस्तै प्रकाश शरण महत ३१ मतका तेस्रो र प्रदीप पौडेल २७ मतका चौथो स्थानमा छन् । यस्तै राजाराम कार्कीले ४ मत ल्याएका छन् ।

आदिवासी जनजातिबिना नेपाल पूर्ण हुन सक्दैन :प्रकाश शरण महत

काठमाडौं। नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीलाई बलियो र बिस्तारित पार्टी बनाउने बताएका छन्। आईतवार काठमाडौंमा आयोजित नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै नेता महतले पार्टीलाई बलियो र बिस्तारित पार्टी बनाउने बताएका हुन्। उनले पार्टीलाई अबको महाधिवेशनपछि आधुनिक पार्टी बनाउने प्रतिवद्धता समेत गरेका छन्।

कांग्रेस सरकारमा जान लालायित छैन : प्रकाश शरण महत

बुटवल : नेपाली कांग्रेसका सह महामन्त्री एवं पूर्व परराष्ट मन्त्री प्रकाश शरण महतले कांग्रेस सरकारमा जान लालायित नभएको बताएका छन्। नेपाली कांग्रेस बर्दिया क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। संसद अंक गणितले चल्ने हुँदा कांग्रेसलाई सरकारमा लिन दौड धुप चले पनि कांग्रेस…