काठमाडौं :राष्ट्रपति विद्यादेवी भण्डारीले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले मातृ र शिशु मृत्युदर घटाउन ठूलो योगदान गरेको बताएकी छन्।अस्पतालको ६३ औँ वार्षिकोत्सवमा उनले अस्पतालले ६३ वर्षदेखि महिला तथा नवजात शिशुलाई निरन्तर सेवा दिएर मातृ मृत्यु दर र शिशु मृत्यु दर घटाउन महत्वपूर्ण योगदान पुर्याएको बताएकी हुन्।राष्ट्रपति भण्डारीले अस्पताल महिला तथा स्त्रीरोगसम्बन्धी देशको विशिष्टीकृत स्वास्थ्य संस्थाको रुपमा स्थापित भएको समेत बताइन्। अस्पतालले प्रसूति तथा स्त्री रोगका साथै नवज