काठमाडौं । सरकारले गत वैशाखदेखि लगाइएको सवारीसाधन आयात प्रतिबन्ध फुकुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पुसदेखि लागू हुनेगरी गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । विदेशी मुद्राको संचिति घटेको भन्दै सरकारले २०७८ वैशाख १४ गतेदेखि कार, जीप, भ्यान लगायत सवारीसाधन, १५० सीसीभन्दा माथिका मोटरसाइकल, ३०० अमेरिकी डलरभन्दा […]