प्रदेश २ को स्थायी राजधानी ‘जनकपुरधाम’ प्रदेश सभाबाट दुई तिहाइले स्वीकृत भएको छ ।
प्रदेश सभामा आज उक्त प्रस्तावमाथि गरिएको मतदानबाट उक्त प्रस्ताव स्वीकृत भएको हो ।
प्रदेश सभामा भएको मतदान पछि सभामुख सरोजकुमार यादवले मतपरिणाम सुनाएका थिए । उनका अनुसार आज भएको मतदानमा उपस्थित भएका ९९ जना सांसदहरू मध्ये ७८ जना सांसदले जनकपुरधामको पक्षमा मतदान गरेका थिए ।
प्रदेश सभामा रहेका कुल १०४ जना सांसद संख्याको दुई तिहाइ मत भएकोले जनकपुरधाम स्थायी राजधानीको रूपमा दुई तिहाइ&...