कोरोना भाइरस (कोभिड–१९) संक्रमित भई मृत्यु भएकाको शव व्यवस्थापन गर्न परिवारलाई अधिकार दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै २५ जनाभन्दा बढी मलामी नहुने गरी मृतकको परिवारले धर्म परम्परा र संस्कृति अनुसार अन्तेष्टी गर्न पाइने व्यवस्था गरेको हो ।
मन्त्रालय अन्तरगत गठन गरिएको स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. समिर कुमार अधिकारीका अनुसार शव व्यवस्थापन गर्न नपाएको भन्ने गुनासो पछि यस्तो व्यवस्था गरिएको बताउनुभयो । हाल नयाँ भेरिएन्ट सहितको कोभिड– १९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश २०७८ को २१ (छ) अनुसार इच्छुक मृतकका परिवारलाई शवको अन्तेष्टी गर्ने व्यवस्था मिलाइएको अधिकारीले बताउनुभयो । हाल शवको व्यवस्थापन नेपाली सेनाले गर्दै आएको थियो ।