भदौ ३०, काठमाडौं । सामलिङ पावर कम्पनीले स्थानिय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने अन्तिम दिन शुक्रवारसम्म रहेको छ ।
कम्पनीले भदौ १८ गतेदेखि इलाम जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ५ लाख कित्ता आईपीओमा विक्रीमा ल्याएको हो । जसमध्ये अति प्रभाभित क्षेक इलाम नगरपालिका वडान ८ र १० तथा माईजोगमाई गाउँपालिकाका वडा नं ४ र ५ का स्थानिय बासिन्दाका लागि ४० प्रतिशत अर्थात् २ लाख कित्ता शेयर छुट्याएको छ ।
बाँकी ६० प्रतिशत अर्थात् ३ लाख कित्ता भने इलाम जिल्लाभरका स्थानियका लागि छुट्याइएको छ । असोज १ गतेसम्म सम्पूर्ण शेयर विक्री नभएमा असोज १७ गतेसम्म खुला रहने कम्पनीले बताएको छ । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।
विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले इलाम जिल्लामा रहेका सिद्धार्थ बैंक,एनएमबि बैंक,नेपाल एसबिआई बैंक,सिभिल बैंक र लक्ष्मी बैंकका शाखाबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीले इलाम जिल्लामा माइबेनी जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा रहेको बताएको छ ।