काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै जिल्लाहरुमा पनि नेतृत्वको होडबाजी सुरु भएको छ । सोही क्रममा प्रदेश १ का सबैजसो जिल्लामा सभापति पदका आकांक्षीहरु नेताहरुको विश्वास आर्जन गर्न र कार्यकर्ताहरुको मन जित्ने अभियानमा जुट्न थालेका छन् ।काँग्रेसको जिल्ला सभापति पदका लागि पनि गुटगत प्रतिस्पर्धा हुने देखिन्छ । १३ औं महाधिवेशनको परिणाम हेर्दा प्रदेश १ का जिल्लाहरुमा पौडेल पक्ष हावी देखिन्छ । १३ औं अधिवेशनमा धनकुटा, मोरङ र ओखलढुङ्गाको जिल्ला सभापतिमा देउवा पक्षका नेता चुनि