धरान- स्थानीय प्रो शुक्रबहादुर राईले सुर्य नेपाल इस्टर्न ओपन २०२१ को उपाधि जितेका छन् । उनले उपाधिसहित १ लाख ३५ हजार रुपैयाँ जिते ।
धरान गल्फ क्लबमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको तेस्रो दिन शुक्रले १ ओभर ६१ स्कोर जोड्दै समग्रमा ५ स्ट्रोकको अग्रता लिएर उपाधि जितेका हुन् । शुक्रले समग्रमा १ अन्डर २ सय ९ स्कोर जोड्दै एमेच्योर सुभाष तामाङलाई पछि पारे । सुभाषले अन्तिम दिन २ अन्डर ६८ को प्रदर्शन गर्दै एमेच्योरतर्फ पहिलो र समग्रमा दोस्रो स्थान हासिल गरे । एमेच्योरतर्फ दोस्रो स्थान युवराज भुजेल (२२३) र तेस्रो स्थान सद्भाव आचार्य...