नेप्सेमा डेपुटी सीइओ नियुक्त हुने, उच्च तहका ८ जनाको बढुवा तयारी, ६ जना नयाँ कर्मचारी माग

नेपाल स्टक एक्सचेन्ज नेप्सेले ८ जना उच्च तहका कर्मचारीको बढुवा गर्ने भएको छ । नेप्सेले कार्यसम्पादन मुल्यांकनको आधारमा तह ७ देखि तह ११ सम्मका पदमा बढुवा गर्न लागेको हो ।नेप्सेले बढुवाको लागि योग्यता पुगेका उम्मेदवारलाई ३० दिन भित्र आवेदन दिन आग्रह गरेको छ । नेप्सेले १ जनालाई नायव कार्यकारी अधिकृतमा (तह ११), १ जनालाई प्रबन्धकमा (तह १०), १ जनालाई उप प्रबन्धकमा (तह ९), २ जनालाई सहायक प्रबन्धकमा (तह ८) र ३ जनालाई बरिष्ठ अधिकृत (तह ७)मा बढुवा गर्न लागेको हो । तह ११ भनेको नेप्सेमा सीइओ पछिको ठूलो पद हो । यो पदलाई डेपुटी सीइओको रुपमा पनि लिने गरिएको छ । हाल यो पद रिक्त छ । त्यस्तै नेप्सेले ४ जनालाई आन्तरिक प्रतिस्पर्धाबाट नियुक्त गर्ने भएको छ । नेप्सेले १ जनालाई उपप्रबन्धक पदमा (तह ९), १ जनालाई प्रबन्धक पदमा (तह ८) र २ जनालाई बरिष्ठ अधिकृत पदमा (तह ७) मा नियुक्त गर्न लागेको हो । यो नियुक्ति भने आन्तरिक प्रतिस्पर्धाबाट हुने छ । नेप्सेले यसको लागि इच्छुक तथा योग्य रहेका उम्मेदवारलाई २१ दिन भित्र र दोब्बर दस्तुर सहित थप ७ दिन भित्रमा आवेदन दिन भनेको छ ।यसको अलावा नेप्सेले खुला प्रतिस्पर्धा मार्फत ६ जना नयाँ कर्मचारी नियुक्त गर्ने भएको छ । नेप्सेले तह १० को प्रबन्धक, तह ८ को सहायक प्रबन्धक, तह ७ को बरिष्ठ अधिकृत र तह ६ को अधिकृत पदमा गरि ६ जना थप कर्मचारी नियुक्त गर्न लागेको हो ।   तह ६ को अधिकृत पदमा नेप्सेले ३ जना माग गरेको छ भने अन्य पदमा समान १-१ जना माग गरिएको छ ।  नेप्सेले यसको लागि इच्छुक तथा योग्य रहेका उम्मेदवारलाई २१ दिन भित्र र दोब्बर दस्तुर सहित थप ७ दिन भित्रमा आवेदन दिन भनेको छ ।खुला प्रतिस्पर्धाको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता : (क) प्रशासन समूह तर्फको अधिकृत स्तरको पदका लागि नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नात्तकोत्तर उपाधी हासिल गरेको वा चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरेको। (ख) प्राविधिक समूह तर्फको अधिकृतस्तरको पदका लागि सूचना प्रविधि, कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर एप्लिकेसन वा सम्बन्धित विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरेको । (ग) आन्तिरिक प्रतियोगिताको लागि एक तह मनी कम्तीमा तीन वर्ष सेवा अवधि पूरा गरेको र सम्बन्धित विषयमा स्नातक उपाधि हासिल गरेको ।खुला प्रतिस्पर्धाको लागि कार्य अनभव : तह आठको खुला प्रतियोगितामा सहभागी हुने उम्मेदवारले सरकारी सेवा, निजामती सेवा, विश्वविद्यालय, सामुदायिक विद्यालय वा नेपाल सरकारको पचास प्रतिशत वा सोभन्दा बढी सेयर वा जायजेथामा स्वामित्व वा नियन्त्रण भएको कम्पनी, समिति वा प्रचलित कानून बमोजिम स्थापित वा नेपाल सरकारद्वारा गठित आयोग, संस्था नेप्से, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद् वा यस्तै प्रकृतिका अन्य संगठित संस्था वा नेप्सेमा सूचीकृत कम्पनीमा अधिकृत स्तरको पदमा कम्तीमा पाँच वर्ष र सेवाको दसौं तहका लागि त्यस्ता संस्थाहरूमा अधिकृत स्तरको पदमा कम्तीमा सात वर्ष अविच्छिन्न सेवा गरेको हुनुपर्नेछ।

सम्बन्धित सामग्री

क्लासिक टेकद्वारा तीन सय कर्मचारी माग

काठमाडौं, ३ फागुन । क्लासिक टेकले नेपालभरी तीन सय कर्मचारी माग गरेको छ । कम्पनीले यसका कर्मचारीहरुको लागि आकर्षक सेवा सुविधाहरुका साथै अन्य सुविधाहरु सियुजीसिम कार्ड, इन्धन, सामाजिक सुरक्षा कोषजस्ता विभिन्न सुविधा उपलब्ध गराउने उल्लेख गरेको छ । आव्हान गरिएका पदहरूमा ५० जना कल सेन्टर एजेन्ट, ४० जना क्षेत्रीय बिक्री इन्चार्ज, २०० जनाभन्दा बढी क्षेत्रीय […]

सान्जेन खोला हाइड्रोमा कर्मचारी माग

३ चैत, काठमाडौं । सान्जेन खोला हाइड्रोले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले सिनियर स्टाफ तथा जनरल अफेयर्समा २ जना कर्मचारी मागेको छ भने सेफ्टी म्यानेजमेन्ट पर्सनल ३ जनाको माग गरिएको छ । सिनियर रिपेयरमेनमा ६ जना र हाइड्रोलिक ड्रिल अपरेटर २, क्रेन ड्राइभर २ र ट्यांकर ड्राइभर पदमा चार जनाका लागि आवेदन […]

जनकपुरधाम उपमहानगरमा १५७ कर्मचारी माग

जनकपुरधाम : जनकपुरधाम उपमहानगरले ठूलो संख्यामा करारका कर्मचारी माग गरेको छ। सिभिल इन्जिनियर, सब इन्जिनियर, चालक, नगरप्रहरी, चौकीदार, माली लगायतका पदमा १५७ जना कर्मचारी माग गरिएको छ।गोरखापत्रमा सूचना जारी गर्दै उपमहानगरले १५ दिनभित्र आवेदन पेश गर्न भनेको छ। त्यसैगरी कृषि अधिकृत, रोजगार संयोजक, पशु चिकित्सक लगायतका पदमा कर्मचारी माग गरिएको छ।

ज्योति विकास बैंकमा कर्मचारी माग

काठमाडौँ – ज्योति विकास बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै रिसर्चका लागि सिनियर अफिसरमा १ जना, ब्रान्च म्यानेजरका लागि सुपरभाइजरदेखि सिनियर अफिसरसम्ममा केही संख्यामा कर्मचारी माग गरेको हो । यस्तै, रिलेसनसिप म्यानेजरमा असिस्टेन्टदेखि जुनियर अफिसरसम्म केही, म्यानेजमेन्ट ट्रेनीका लागि २० जना र जुनियर असिस्टेन्टका लागि ५० जना कर्मचारीको माग गरेको […]

बागमती प्रदेश : कृषि मन्त्रालयद्वारा ६३ जना कर्मचारी माग (सूचनासहित)

काठमाडौँ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एकै पटक ६३ जना कर्मचारी माग गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालयले करारमा नियुक्त गर्ने गरी अधिकृत र सहायक स्तरका गरी ६३ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो । मन्त्रालयले अधिकृत सातौँ स्तरका मात्र ३० जना कर्मचारी माग गरिएको छ भने […]

नेपाल आँखा अस्पतालद्वारा करारमा कर्मचारी माग

त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले विभिन्न पदमा करारमा कर्मचारी माग गरेको छ । इच्छुकहरूले चैत २७ गते अपराह्न ४ बजेभित्र दरखास्त दिइसक्नुपर्नेछ । दरखास्तमा विस्तृत अनुभव सहितको बायोडाटा संलग्न राखेर पेस गर्नुपर्नेछ । सर्टलिस्टिङमा परेकालाई मात्र छनौट गरी अन्तरवार्ताको लागि बोलाइने अस्पतालले जनाएको छ ।

राष्ट्र बैंकद्वारा प्राविधिक कर्मचारी माग

नेपाल राष्ट्र बैंकले प्राविधिक कर्मचारीको माग गरेको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै प्राविधिक पदमा ६ जना कर्मचारी माग गरेको हो । अधिकृत (सिक्का, मुद्रण–टकमरी) र अधिकृत (टाइपिष्ट, डिजाइनर तथा कम्पाइलर) करारका लागि विज्ञापन आह्वान गरिएको छ । इच्छुक व्यक्तिले चैत्र २४ गतेभित्र आवेदन दिन सक्नेछन् । दुबै पदका लागि ४५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।

भक्तपुर अस्पतालद्वारा करारमा कर्मचारी माग

भक्तपुर । भक्तपुर अस्पतालमा स्वास्थ्यका कर्मचारी माग गरिएको छ ।  अस्पतालले चौथोदेखि नवौँ तहसम्मका स्वास्थ्यकर्मीहरू माग गरेको हो ।  जनरल फिजिसियन, चेष्ट फिजिसियन, एनेस्थेसियोलोजिष्ट, जनरल प्याथोलोजी, आइटी अफिसर, माइक्रोबायोलोजिष्ट, अप्थाल्मोलोजी असिष्टेन्स र पलम्बर गरी २४ जना कर्मचारी मागेको हो ।

महाराजगंज चिकित्सा क्याम्पसमा १२ उपप्राध्यापकसहित १३ जना कर्मचारी माग

क्याम्पसले सूचना जारी गर्दै रेडियोलोजी,पल्मोनोलोजी लगायत विषयमा १२ उप प्राध्यापक तथा कम्प्युटर अपरेटर (मूल्य प्राविधिक सहायक)  पदमा एक जना कर्मचारी माग गरेको हो।

महालक्ष्मी इन्स्योरेन्सद्वारा ठुलो संख्यामा कर्मचारी माग

काठमाडौं, १८ असार । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सुचना जारी गर्दै सात प्रदेशका शाखा तथा उपशाखाको लागि स्नातक उत्तिर्ण ७० जना कर्मचारी माग गरेको हो । ३५ वर्ष उमेर सम्मका योग्य नागरिकहरुले असार ३१ गतेसम्म कम्पनीमा आवदेन दिन समेत आग्रह गरेको छ ।