प्रधान्यायाधीशको च्याम्बरमै धर्ना दिने बारको चेतावनी

काठमाडौँ– नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको च्याम्बरमै धर्ना दिने चेतावनी दिएको छ । आफ्ना माग सम्बोधन नभए प्रधानन्यायाधीश राणाको च्याम्बरमै पुगेर विरोध जनाउने बारले चेतावनी दिएको हो । दुई साताभन्दा लामो समयदेखि प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको बारले गत आइतबारदेखि सर्वोच्च अदालतकै गेटमा धर्ना दिँदै आएको छ । सोही क्रममा मंगलबार धर्नालाई […]

सम्बन्धित सामग्री

सर्वोच्च प्रशासनको चेतावनी बेवास्ता गर्दै बारको धर्ना

काठमाडौँ-  सर्वोच्च अदालत प्रशासनले सर्वोच्च परिसरमा नाराबाजी नगर्न आग्रह गरे पनि त्यसलाई बेवास्ता गर्दै कानुन व्यवसायीले धर्ना दिएका छन् । सर्वोच्च प्रशासनले पटक -पटक फोन गरेर कानुन व्यवसायीलाई सर्वोच्च परिसरमा नाराबाजी नगर्न आग्रह गरे पनि धर्नालाई निरन्तरता दिएको सर्वोच्च बारका सचिव ऋषिराम शर्माले बताए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले […]

सर्वोच्चको आन्दोलन उत्कर्षमा

२०४६ सालपछि सर्वोच्च अदालतको गेटमा कानुनव्यवसायीहरुले धर्ना दिएको यो पहिलो पटक हो । नेपाल बार, सर्वोच्च बार र कानुन व्यवसायीहरु प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलित छन् ।

कानून व्यवसायीहरू १२ बजेसम्म सर्वोच्चको गेटमा धर्नामा बस्ने

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको गेटमा धर्ना शुरू गरेको छ । प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा रोक लगाउन भन्दै कानून व्यवसायीहरू धर्नामा बसेका हुन् । अदालत नखुल्दै शुक्रवार बिहान १० बजे नै बारको आह्वानमा कानून व्यवसायीहरू अदालतको गेटमा धर्नामा बसेका हुन् ।  बारका महासचिव लीलामणि पौडेलले धर्ना १२ बजेसम्म चल्ने जानकारी दिए । उनले बारको आन्दोलन प्रभावित गर्न प्रधानन्यायाधीश जबराले भिजलान्ते प्रयोग गरिएको सूचना पाएको भन्दै त्यसो नगर्न चेतावनी द...