युक्रेनमा रुसको आक्रमणका कारण अहिले ६ दशमलब २ मिलियनभन्दा बढी मानिसहरु घरबार छोडेर देशभित्रै बस्न बाध्य भएको अनुमान गरिएको राष्ट्रसंघले जनाएको छ । यो संख्या युद्ध सुरु भएदेखि युक्रेनबाट भागेका र अन्य युरोपेली देशहरूमा शरणार्थीको रूपमा दर्ता भएका ५ दशमलब २६ मिलियन मानिसहरूको अतिरिक्त हो । जुन २३ सम्म युक्रेनमा अनुमानित ६.२७५ मिलियन आन्तरिक विस्थापित व्यक्ति (आईडीपी) रहेका राष्ट्र संघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले जनाएको छ । यो २४ फेब्रुवरीमा रूसी आक्रमण पछि आइ