‘परोपकाय पुण्याय पापाय परपीडनम्’ अर्थात् अरुको उपकार गर्नुभन्दा ठूलो अर्को कुनै धर्म हुँदैन र अरुलाई पीडा (दुःख) दिनुभन्दा तल्लोस्तरको अर्को कुनै पाप हुँदैन । त्यसमा पनि सामाजिक परोपकारलाई हिन्दू धर्मशास्त्र बेदलगायत विभिन्न धार्मिक ग्रन्थमा समेत उत्कृष्ट धार्मिक कार्य मानेको छ ।समाजको हितका लागि आफ्नो तर्फबाट गरिने उपकारमूलक कार्य नै सामाजिक परोपकार हो । सामाजिक परोपकारका विभिन्न क्षेत्रमध्ये अनिकाल र आपत्विपत्मा परेकालाई समाजका सबै सदस्य मिलेर सहयोग गर्ने । भविष्यमा आउन सक्ने सङ्कट