ललितपुर : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को पर्याप्त छलफल नहुँदा र प्रदेशसँगको ऐन बाझिँदा ऐन कार्यान्वयनमा समस्या भएकाे दाबी गरेका छन्।नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) एकेडेमीद्वारा आयोजित स्पोर्टस् डाइलगको पहिलो शृंखलामा सदस्यसचिव घिसिङले सरोकारवालासँग पर्याप्त छलफल बिना नै ऐन निर्माण हुनुका साथै प्रदेश केन्द्रबीचको ऐन बाझिँदा त्यसको कार्यान्वयनमा समस्या उत्पन्न भइरहेको स्पष्ट पारे।'ऐन बनाउने सदनले र नियमावली बनाउने मन