भारतमा किन घट्यो तेलहनको आयात ? सूर्यमुखी आयात ६७ % घट्दा पाम आयात ८ महीनाकै न्यून

काठमाडौं । गएको महीना भारतको पाम तेल आयात घटेको छ । फेब्रुअरी महीनाभर भारतले ५ लाखद ८६ हजार टन पाम तेल आयात गरेको छ । यो जनवरीको तुलनामा ३० प्रतिशत कम हो । आयातको यो आकार ८ महीनाकै न्यून पनि हो । अक्टोबर देखि जनवरीसम्मको अवधिमा अत्यधिक आयातका कारण इन्भेन्टरीको थुप्रो लाग्दा समीक्षा अवधिमा आयात कम भएको जनाइएको छ । भारत विश्वको सबैभन्दा ठूलो वनस्पति तेल आयातकर्ता हो । यसले मलेशियाको पाम तेलको मूल्यमा दबाब दिन सक्ने विश्लेषण गरिएको छ ।  अक्टोबरदेखि जनवरीको बीचमा भारतको पाम तेल आयात उच्च थियो । तर माग कमजोर भएपछि फेब्रुअरीमा तेल प्रशोधनकर्ताहरुले आयात घटाए । गएको महीना भट्मासको तेल आयात पनि अघिल्लो महीनाको भन्दा ७ दशमलव ३ प्रतिशतले घटेर ३ लाख ४० हाजर टनमा झरेको छ । सूर्यमुखी तेलको आयात भने १ लाख ५० हजार टन मात्रै छ । यो जनवरीको कीर्तिमानी स्तर भन्दा ६७ प्रतिशत कम हो । भारतले मुख्यतः इन्डोनेशिया, मलेशिया र थाइल्यान्डसँग पाम तेल किन्ने गरेको छ । भटमास र सूर्यमुखी तेल भने अर्जेन्टिना, ब्राजिल, रुस र युक्रेनबाट ल्याइन्छ । भटमास र सूर्यमुखी तेलको भाउ घटेसँगै अहिले पाम बजारलाई सकस भएको छ । डिसेम्बर त्रैमासमा पाम तेलको भाउ प्रति टन झन्डै ५०० डलर थियो । गएको महीना घटेर करीब २०० डलरमा आएको छ । भारतले बुधबार मात्रै अप्रिल १ देखि शुरु हुने आवका लागि २० लाख टन बराबरको कच्चा सूर्यमुखी तेलमा ड्युटी फ्रि कोटा खारेज गरेको छ । यो कदमसँगै पाम तेलको आयातले टेवा पाउने अपेक्षा पनि गरिएको छ । एजेन्सीको सहयोगमा  

सम्बन्धित सामग्री

सूर्यमुखी, सोयाबिन र पाम तेलसहित तोरीको आयात सहुलियत खारेज

१६ जेठ, काठमाडौं । सरकारले तेस्रो देशबाट नेपाल आयात हुने सूर्यमुखी तेल, पाम, सोयाबिन र तोरीको गेडा तथा कच्चा पदार्थमा दिंदै आएको सहुलियत कटौती गरेको छ । बजेटले घोषणा गरेको नयाँ भन्सार महसुलअनुसार अब यी वस्तुको आयातमा साबिकको ५ र १० प्रतिशत महसुल लाग्ने छ । रुस–युक्रेन युद्धका कारण नेपाली तेल उद्योगहरु मर्कामा परेको भन्दै […]

वनस्पति घिउ र तेल निर्यात घट्दै, पाम आयल बढ्दै

भारत सरकारले भन्सार शून्य बनाएपछि तेस्रो मुलुकबाट नेपालमा आयत भई प्रशोधनपछि भारत निकासी हुने वनस्पति घिउ तथा तेलको निर्यात एक्कासि घटेको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा भटमास तथा सूर्यमुखी तेलको निर्यात ठूलो परिमाणमा घटेको छ भने औद्योगिक कच्चा पदार्थका रुपमा प्रयोग हुने पाम आयलको निर्यात भने बढेको छ ।विभागका […]

वनस्पति घिउ र तेल निर्यात घट्दै, पाम आयल बढ्दै

काठमाडौं । भारत सरकारले भन्सार शून्य बनाएपछि तेस्रो मुलुकबाट नेपालमा आयत भई प्रशोधनपछि भारत निकासी हुने वनस्पति घिउ तथा तेलको निर्यात एक्कासि घटेको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा भटमास तथा सूर्यमुखी तेलको निर्यात ठुलो परिमाणमा घटेको छ भने औद्योगिक कच्चा पदार्थका रुपमा प्रयोग हुने पाम आयलको निर्यात भने बढेको […]

वनस्पति घिउ र तेल निर्यात घट्दो,  पाम आयल बढ्दो

भारत सरकारले भन्सार शून्य बनाएपछि तेस्रो मुलुकबाट नेपालमा आयत भई प्रशोधनपछि भारत निकासी हुने वनस्पति घिउ तथा तेलको निर्यात एक्कासि घटेको छ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा भटमास तथा सूर्यमुखी तेलको निर्यात ठूलो परिमाणमा घटेको छ भने औद्योगिक कच्चा पदार्थका रुपमा प्रयोग हुने पाम आयलको निर्यात भने बढेको छ।विभागका अनुसार साउन महिनामा नेपालबाट १ अर्ब ५९ करोड ६२ लाख रुपैयाँबराबरको भटमासको तेल भारततर्फ निर्यात भएको छ । अघिल्लो साउनमा ८ अर्ब ९८ करोड ६४ लाख रुपैयाँको भटमासको त

दुई खर्बको निकासीमा आधा हिस्सा आयातीत तेलको

नेपालको निकासी व्यापार दुई खर्ब नाघेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा नेपालले २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँबराबरको वस्तु निकासी गरेको छ ।कुल निकासीको झन्डै आधा हिस्सा भने भटमास, पाम र सूर्यमुखी तेलको रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको निकासी व्यापारमा कम मूल्य अभिवृद्धि भएका वस्तुको […]

दुई खर्बको निकासीमा आधा हिस्सा आयातीत तेलको

काठमाडौं । नेपालको निकासी व्यापार दुई खर्ब नाघेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा नेपालले २ खर्ब ३ करोड ६२ हजार रुपैयाँबराबरको वस्तु निकासी गरेको छ । कुल निकासीको झण्डै आधा हिस्सा भने भटमास, पाम र सूर्यमुखी तेलको रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको निकासी व्यापारमा कम मूल्यअभिवृद्धि भएका वस्तुको […]

६ महिनामा ६८ अर्ब ६६ करोडको प्रशोधित तेल निर्यात

नेपालबाट सबैभन्दा धेरै प्रशोधित तेल निर्यात भएको छ । चालू आर्थिक वर्षको ६ महिनामा कुल निर्यातको ५७.८ प्रतिशत निर्यात प्रशोधित तेल (भटमास, पाम र सूर्यमुखी) भएको हो ।६ महिनामा कुल एक खर्ब १८ अर्ब ८५ करोड ९ लाख रुपैयाँ बराबरको निर्यात हुँदा ६८ अर्ब ६६ करोड रुपैयाँको तेल रहेको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्यांक […]

निर्यात शतप्रतिशतले बढेर पाँच महिनामै एक खर्ब नाघ्यो

कुल निर्यातमा सोयाबिन, पाम र सूर्यमुखी तेलको हिस्सा झन्डै ६० प्रतिशत, निर्यात वृद्धि दिगो हुनेमा आशंका  नेपालको निर्यात ऐतिहासिक रूपमा बढेको छ । चालू आर्थिक वर्षको पाँच महिनामा निर्यात शतप्रतिशतले बढेर एक...

इलाममा कृषिजन्य वस्तुको निकासी र आम्दानी घट्यो

इलाम– चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालबाट निर्यात हुने सामग्रीको आम्दानी १०४.३ प्रतिशतले बढेको छ । तर, निर्यातमा मुख्य हिस्सा ओगट्ने कृषिजन्य वस्तुबाट प्राप्त हुने आम्दानी भने ह्वात्तै ओरालो लागेको छ । नेपालबाट निर्यात हुने अलैची, चिया, अदुवालगायतका वस्तुको ओरालो लागेको हो । भटमासको तेल, पाम तेल, सूर्यमुखी तेल, पोलिष्टार तथा धागो, ऊनी, गलैचा, […]