बागमती प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले बिहीबार बिहान ८ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।बुधबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि छलफल भएको थियो । उक्त बैठकमा प्रदेशसभाका २० जना संसद्ले सरकारको नीति तथा कार्यक्रम माथि धारणा राखेका थिए । बैठकमा सत्तारुढ गठबन्धनका ७ जना, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका ८ जना, विवेकशील साझा पार्टीका २ जना, राप्रपाका २ र नेमकिपाका १ जना सांसदले सरकारको नीति तथा कार