वाग्मती र सहायक नदी किनारमा मापदण्डविपरीत बनेका संरचना हटाइने

१५ पुस, काठमाडौं । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती र यसका सहायक नदी किनारमा मापदण्डविपरीत बनेका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ । समितिले यही पुस ८ गते सार्वजनिक सूचना प्रकाशन गरी वाग्मती र यसका सहायक नदी किनारमा बनेका मापदण्डविपरीतका संरचना हटाउन आह्वान गरेको हो । मन्त्रिपरिषद्ले विसं २०६५ मङ्सिर […]

सम्बन्धित सामग्री

वाग्मती किनारका अवैध संरचनामा महानगरको डोजर

राजधानी काठमाडौंमा रहेका अनधिकृत र अवैध संरचना हटाउने अभियान चलाइरहेको काठमाडौं महानगरपालिकाले थापाथलीस्थित वाग्मती किनारका अनाधिकृत संरचना हटाउन थालिएको छ । नदीको बहाव क्षेत्रका सार्वजनिक जग्गामा अनधिकृतरुपमा संरचना बनाएर वाग्मती प्रदूषित बनाइएको भन्दै अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले धेरै वर्षअघिदेखि यी संरचना हटाउन खोजेको थियो । यी संरचना हटाउन उक्त समितिले गत माघ …

भत्काइए थापाथलीस्थित वाग्मती किनारका अनधिकृत संरचना

काठमाडौँ,२८ असोज । काठमाडौँ महानगरपालिका–११ थापाथलीस्थित वाग्मती किनारका अनाधिकृत संरचना हटाउन थालिएको छ । नदीको बहाव क्षेत्रका सार्वजनिक जग्गामा अनधिकृतरुपमा संरचना बनाएर वाग्मती प्रदूषित बनाइएको भन्दै अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले धेरै वर्षअघिदेखि यी संरचना हटाउन खोजेको थियो । यी संरचना हटाउन उक्त समितिले गत माघ महिनामा पनि सूचना प्रकाशित गरी काम अघि […]

वाग्मती करिडोर क्षेत्रका अवैध संरचना भत्काउँदै महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तीनकुनेस्थित वाग्मती करिडोर क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ । फुटपाथ ओगटेर बनाएका अवैध संरचनामा डोजर चलाइएको हो । महानगरको दैनिक कार्यतालिका अनुसार अवैध संरचनामा डोजर चलाउने काम भइरहेको महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिए । महानगरले ३५ दिने सूचना जारी गर्दै भदौ ६ गतेदेखि अवैध संरचना भत्काउने अभियान […]

वाग्मती किनारका अवैध संरचना भत्काउँदै महानगर

काठमाडौं महानगरपालिकाले वाग्मती नदी किनारका अवैध संरचना भत्काउन थालेको छ।

हेटौँडाको हटियामा वाग्मती सरकारका भौतिक संरचना निर्माण हुने

हेटौँडा : वाग्मती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका-१६ हटियास्थित सार्वजनिक जग्गामा प्रदेशको भौतिक संरचना निर्माण गर्ने भएको छ। करिब ५ वर्षसम्म जग्गा छनोट गर्न नसकेर अलमलमा परेको वाग्मती प्रदेश सरकारले प्रदेशको ‘सिंहदरबार’ अर्थात मुख्यमन्त्रीसहित सम्पूर्ण मन्त्रिपरिषद्को कार्यालय तथा सांसद भवन सहितका कार्यालयहरु हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ हटियामा निर्माण गर्ने भएको…

वाग्मती प्रदेशसभाले पाएन स्थायी संरचना, भवन निर्माणको काम अलपत्र

हेटौंडा : वाग्मती प्रदेशसभा स्थापना भएको ४ वर्ष भइसक्दा पनि हालसम्म प्रदेशसभाले स्थायी संरचना पाउन सकेको छैन। हेटौंडा-१० मा रहेको तत्कालीन मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा अस्थायी रुपमा बसिरहेको प्रदेश संसद भवन र प्रदेशसभा सचिवालयले आफ्नै भवन पाउन सकेको छैन। वाग्मती प्रदेशको स्थायी राजधानी हेटौंडा टुंगिएको दुई वर्षभन्दा बढी भइसक्दा पनि…

वाग्मती किनारका अनाधिकृत संरचना हटाउन आग्रह, आफै नहटाए भत्काईने

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले गुह्येश्वरीबाट थापाथली पुलसम्मको वाग्मती किनारका दायाँबायाँ बनेका अनधिकृत अस्थायी एवं स्थायी संरचना सात दिनभित्र हटाउन सार्वजनिक सूचना जारी गरेको छ । नदी किनारमा बनेका अस्थायी संरचना तीन दिनभित्र र स्थायी संरचना सात दिनभित्र हटाउन समितिको आयोजना उपप्रमुख अमित रञ्जितले जारी गरेको सूचनामा उल्लेख छ । यसअघि पनि यस्ता संरचना हटाउन पटकपटक सार्वजनिक सूचना जारी गरी जानकारी गराइएकामा त्यसको बेवास्ता भएकाले पुनःसूचना प्रकाशन गर्न बाध्य हुनुपरेको समितिले जनाएको छ । तोकिएको समयभित्र अनधिकृत संरचना नहटाएमा समितिले आफैँ भत्काउने र लागेको खर्च संरचना निर्माण गर्ने व्यक्ति एवं पक्षबाट सरकारी बाँकी सरह उठाइने छ । समितिले यसअघि गोकर्णबाट गुह्येश्वरीसम्मको नदि किनारमा बनेका करिब चार दर्जन स्थायी एवं अस्थायी संरचना पनि हटाएको थियो ।

वाग्मती किनारका अनधिकृत संरचना भत्काउन सुरु

काठमाडौँ । वाग्मती किनारको दायाँबायाँ स्वीकृति नलिई अनधिकृतरुपमा बनाइएका संरचना अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले भत्काउन सुरु गरेको छ । समितिसँग स्वीकृति नलिई बनेका संरचनाका कारण वाग्मती नदीको सौन्दर्यकरणमा समस्या भएपछि भत्काउन सुरु गरिएको सूचना अधिकारी कमल अर्यालले जानकारी दिए । मङ्गलबार स्वीकृति नलिई बनेका १८ वटा संरचना भत्काइएको उनले सुनाए । अनधिकृत […]

थापाथली क्षेत्रको वाग्मती किनारमा बढ्यो फोहर

काठमाडौँ महानगरपालिका–११ स्थित थापाथली क्षेत्रको वाग्मती किनारमा सुकुम्वासीको बस्ती बढेसँगै त्यहाँ फोहर पनि बढ्न थालेको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले दुई वर्षअघि गरेको अध्ययनमा थापाथली क्षेत्रमा सुकुम्वासीका १३७ घर थिए । वाग्मती सफाइ महाअभियानले आज थापाथली क्षेत्रमा गरेको सफाइ एवं सुकुम्वासी बस्तीको निरीक्षणका क्रममा १२ घर बढेको भेटिएको समितिका सञ्चालक सदस्य डा.माला खरेलले जानकारी दिइन् । सुकुम्वासी बस्ती व्यवस्थित नगरिँदा नदी किनारमा अस्थायी संरचना बनाएर बस्ने बढ्