हेटौंडा : वाग्मती प्रदेशसभा स्थापना भएको ४ वर्ष भइसक्दा पनि हालसम्म प्रदेशसभाले स्थायी संरचना पाउन सकेको छैन। हेटौंडा-१० मा रहेको तत्कालीन मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा अस्थायी रुपमा बसिरहेको प्रदेश संसद भवन र प्रदेशसभा सचिवालयले आफ्नै भवन पाउन सकेको छैन।
वाग्मती प्रदेशको स्थायी राजधानी हेटौंडा टुंगिएको दुई वर्षभन्दा बढी भइसक्दा पनि…