बालेनले खाेल्दिएकाे चकुन्चा खहरे व्यवस्थापन नगर्दा कपनमा बाढी पस्यो (फोटोफिचर)
गएरातिदेखिको अविरल वर्षाको कारण कपन क्षेत्रको चकुन्चा (खहरे खोला) मा बाढी आएको छ। सो बाढी बस्तीमा पसेपछि कपन मिलनचोकदेखि साततलेसम्म अधिकांश घर डुबानमा परेका छन्। प्राय घरका भूइतल्लामा चकुन्चा खोलामा आएको बाढी पसेको छ।...
धनगढी – लगातारको वर्षासँगै कर्णाली नदीमा आएको बाढी कैलालीको टीकापुर बजार क्षेत्रमा पसेको छ। कर्णालीको बाढी टीकापुर नगरपालिका वडा नम्बर १ का ब्लक ए, बी, सी, १५, १६, १७, १८, २० लगायत क्षेत्रमा पसेको हो । टीकापुर नगरपालिका नगर प्रमुख तपेन्द्र रावलले बजार क्षेत्रमा पानी पसेको बताउँदै पथरैयाबाट नदीले कटान गरेपछि जोखिम बढेको बताए। उनले […]
कर्णाली नदीको कैलालीपट्टि तटबन्ध भत्किएर बाढी गाउँ पसेको छ ।
जानकी गाउँपालिकाको मूलपानी र टीकापुर नगरपालिकाको शाहीपुरमा तटबन्ध भत्किएर बाढी गाउँ पसेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जानकारी दिए ।
बाढी गाउँ पसेपछि टीकापुर नगरपालिका–१, २, ५, ६, ७, ८ र जानकी गाउँपालिका–६ र ९ नम्बर वडाहरू डुबानमा परेका छन् ।
बाढी पसेका क्षेत्रका स्थानीय वासिन्दालाई स्कूल लगायत सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
पहाडतिर वर्षा रोकि...
आइतवार मध्यरातिबाट वर्षेको पानीका कारण राजधानीका नदीको तटीय क्षेत्र जलमग्न बन्यो। वाग्मतीलगायत नदीहरुको सतह निकै बढ्यो। अत्याधिक वर्षाका कारण बाढी आउँदा नदी वरपरको बस्तीमा बाढीसमेत पस्यो।
टेकु क्षेत्रको बस्ती बिहानबाटै डुबानमा परेको थियो। ती क्षेत्रमा उद्धारका लागि प्रहरीसमेत पुगेको थियो। बाढीका कारण मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
सप्तरी, राजविराज । चारैतिर सप्तकोशी नदीले घेरिएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ स्थित गोबरगाढा बस्तीका अधिकांश घर जलमग्न भएको छ । अघिल्लो दिन बिहीबार रातीको अविरल वर्षापछि सप्तकोशी नदीको बाढीले गोबरगाढा बस्तीका चार दर्जन घर जगलमग्न भएको हो । बाढीले चार वटा घर समेत ढलेर नष्ट भएको छ । वडा अध्यक्ष बिन्देश्वर यादवका अनुसार […]
The post सप्ताकोशीको बाढी गोबरगाढामा पस्यो, चार दर्जन घर जलमग्न appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
बलेवा- बागलुङको बडिगाड गाउँपालिकाका २७ घरमा बाढी पसेको छ । निरन्तर वर्षापछि बडिगाड गाउँपालिका–९ स्थित ठाडोखोलामा आएको बाढी सोही ठाउँका २७ घरमा पसेको हो । मङ्गलबार राति करिब १२ बजेको समयमा बाढी घरमा पसेको स्थानीयवासी टोपबहादुर पुनले बताए । राति सबै सुतेको समयमा एक्कासी बाढी गाउँमा पस्दा रातभर स्थानीयवासीको भागाभाग भएको थियो । गुल्मीको मालिका […]
बागलुङको बडिगाड गाउँपालिकाका २७ घरमा बाढी पसेको छ । निरन्तर वर्षापछि बडिगाड गाउँपालिका–९ स्थित ठाडो खोलामा आएको बाढी सोही ठाउँका २७ घरमा पसेको हो । मङ्गलबार राति करिब १२ बजेको समयमा बाढी घरमा पसेको स्थानीयवासी टोपबहादुर पुनले बताए । राति सबै सुतेको समयमा एक्कासी बाढी गाउँमा पस्दा रातभर स्थानीयवासीको भागाभाग भएको थियो । गुल्मीको मालिका गाउँपालिका पाताखर्क भन्ने स्थानबाट आएको भलले गाउँमा आइपुग्दा बाढीको रूप लिएको थियो । गाउँका सबै घरमा हिलोसहित पानी पसेको छ । खानेपानीका मुहान, तरकारी टन
शुक्रबार बेलुकी ९ देखि साढे ९ बजेसम्म ठूला ढुंगा, काठ र लेदोसहित बाढी फेरि बस्ती पस्यो
विनाशकारी बाढी आएको चार दिन नबित्दै मेलम्चीमा शुक्रबार राति पुनः त्यस्तै बाढी आएको छ । राति...
सिन्धुपाल्चोकको तिपेनी बजारमा बाढी पसेको छ । अविरल वर्षापछि स्थानीय लार्के खोलामा बाढी आउँदा सो बजारमा बाढी पसेको हो ।
थाङपाल गाउँपलिका अन्तर्गत पर्ने सो बजारमा मंगलबार राति बाढी पसेको हो । बाढीपछि केही स्थानीय सम्पर्क हीन बनेको भनिएपनि एकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले घटनास्थलमा उद्धार टोली जान लागेको तर वर्षा र बाढीका कारण कठिन भइरहेको बताए ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपलिका स्थित तिपेनी बजारमा बाढी पसेको छ । स्थानिय लार्के खोलामा आएको बाढी बजारमा पसेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले रातोपाटीलाई बताए । तिपेनी बजारमा सुरक्षाकर्मी जाने प्रयास गरिरहेका छन् । जोखिमका कारण सुरक्षा सावधानीका साथ प्रभावित क्षेत्रमा पुग्ने प्रयास भइरहेको डिएसपी सापकोटाले बताए । बाढीका कारण के, कति क्षति भयो भन्ने विवरण आएको छैन ।
निरन्तरको वर्षाका कारण मनाङको चामे गाउँपालिका–३ नयाँ बजारको बस्तीमा बाढी पसेको छ । निरन्तर ५२ घण्टा पानी परेपछि नयाँ बजारको बीचको घट्टेखोलामा बाढी आउँदा ३६ घर जोखिममा परेको छ