चोट र घाउलाई चुनौती दिँदै सन्तोषीले जितिन् दोस्रो स्वर्ण

पोखरा- बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको एथलेटिक्सतर्फ दोस्रो स्वर्ण पदक हात पारेकी छन् । पोखरा रंगशालाको ट्रयाकमा बुधबार भएको महिलातर्फको ५ हजार मिटर दौडमा सन्तोषीले स्वर्ण जितिन् । महिलाको १० हजार मिटर दौडमा समेत स्वर्ण जितेकी सन्तोषीले ५ हजार मिटरको दौड १७ मिनेट तथा ०५.२९ सेकेन्डमा पुरा गर्दै...

सम्बन्धित सामग्री

चोट र घाउलाई चुनौती दिँदै सन्तोषीले जितिन् दोस्रो स्वर्ण

पोखरा- बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको एथलेटिक्सतर्फ दोस्रो स्वर्ण पदक हात पारेकी छन् । पोखरा रंगशालाको ट्रयाकमा बुधबार भएको महिलातर्फको ५ हजार मिटर दौडमा सन्तोषीले स्वर्ण जितिन् । महिलाको १० हजार मिटर दौडमा समेत स्वर्ण जितेकी सन्तोषीले ५ हजार मिटरको दौड १७ मिनेट तथा ०५.२९ सेकेन्डमा पुरा गर्दै...

नेपाली खेलाडीको आत्मविश्वास कसरी बढाउने ?

१२ भदौ, काठमाडौं । २०५५ सालमा नेपालकी तेक्वान्दो स्टार संगीना वैद्य करिअरको उत्कर्षमा थिइन् । एसियाली वरीयतामा नम्बर एक स्थानमा रहेकी संगीना नेपालका लागि एसियाडको ऐतिहासिक स्वर्ण दावेदार थिइन् । तर एसियाली खेलकुदको तयारीमा रहेकी उनी मोटरसाइकल दुर्घटनामा परेर घाइते भइन् । दुर्घटनामा भाँच्चिएको खुट्टा त शल्यक्रियापछि विस्तारै ठीक भयो । तर मनमा लागेको चोट […]

राष्ट्रिय टिममा शरद र ज्ञानेन्द्रको समय सकिएको हो ?

शरद लगातारको चोट र खस्किँदो लयका कारण टिमबाट बाहिरिएका थिए । ज्ञानेन्द्रलाई चोटको समस्या छैन । यी दुवैले औपचारिक रुपमा सन्यासको घोषणा पनि गरेका छैनन् । तर, राष्ट्रिय टिमबाट उनीहरु टाढिँदै गइरहेका छन् ।

म्याराथनमा पुष्पाले जितिन् स्वर्ण

काठमाडौं । बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जित्नुभएको छ । ढाकामा आज भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गर्नुभएको हो । सो स्पर्धामा भारतकी ज्योति गवातीले रजत पदक प्राप्त गर्नुभयो । उहाँले निर्धारित दूरी तीन घण्टा ४६ सेकेण्डमा पूरा गर्नुभयो । सो प्रतियोगितामा भारतकै गिगमत डोल्माले तीन घण्टा नौ मिनेटमा निर्धारित दूरी पूरा गर्दै तेस्रो हुनुभयो । गत वर्ष नेपालमै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद ९साग० मा भण्डारीले म्याराथनमा रजत पदक मात्र प्राप्त गर्नुभएको थियो । भण्डारी विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आवद्ध हुनुहुन्छ । पुरुष म्याराथनमा नेपालका किरणसिंह बोगटी चौँथो हुनुभयो । बोगटीले निर्धारित दूरी दुई घण्टा २४ मिनेट १३ सेकेण्डमा पूरा गर्नुभयो । दौडका क्रममा उहाँलाई चोट लागेपछि दौडमापछि पर्नुभएको प्रशिक्षक धनीराम चौधरीले जानकारी दिनुभयो । उहाँले १३औँ सागमा भने म्याराथनमा स्वण जित्नु भएको थियो । उक्त स्पर्धामा भारतका बहादुर सिंहले निर्धारित दूरी दुई घण्टा २१ मिनेट ४० सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जित्नुभयो । भारतकै राजपाल सिंह दुई घण्टा २१ मिनेट ४१ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो तथा भारतकै रवि प्रकाश दुई घण्टा २५ मिनेट २३ सेकेण्डको समयमा दौड पूरा गर्दै तेस्रो हुनुभयो । (रासस)

चारपटकको ओलम्पिक स्वर्ण विजेता जनार्दी दुर्घटनापछि कोमामा पुगे

फरमूला वानका पूर्ब खेलाडी एवम् चार पटकका पारा ओलम्पिकका स्वर्ण पदक विजेता एलेक्स जनार्दीे टाउकोमा गम्भिर चोट लागेर कोमामा पुगेका छन् । २० वर्षअघि मोटर दौडको क्रममा दुर्घटना हुन जाँदा उहाँले दुबै खुट्टा गुमाउन पुग्नुभएको थियो ।

जित्‍न नसक्दाको पीडा शरीरको चोट भन्दा ठूलो

काठमाडौं :  १२औं सागकी कास्य पदक विजेता नीमा गुरुङले यो सागमा स्वर्ण पदक जित्‍न सकिनन्। उनलाई नेपालका लागि स्वर्ण प्राप्त गर्ने खेलाडीका रुपमा हेरिएको थियो। तेक्‍वान्दोतर्फ ५७ किलो तौल समूहकी नीमा भारतकी कसिस मल्लिकसँग एक अंकले हारेकी थिइन्। पहिलो राउण्डमा अग्रता लिएकी नीमा दोस्रो राउण्डमा सम्हालिन न...