काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार संवैधानिक परिषद्को बैठक बोलाएकाले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्ने संकेत देखिएको छ । न्यायालयको इतिहासमा २०७९ साल कायम मुकायमकै नेतृत्वमा सर्वोच्च अदालतको सयम बितेको छ । विसं २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि वरिष्ठतम् न्यायाधीशले कार्यभार सम्हाल्दै आएकामा अहिले वरिष्ठतम् […]