काठमाडौं : झापा र मोरङका तीन छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर ३ जनाको मृत्यु भएको छ।शुक्रबार साँझ ६ बजेबाट हराएका झापा कमल गाउँपालिका–४ बस्ने शंकरदेव श्रेष्ठ शनिबार बिहान माछा पोखरीमा मृत अवस्थामा फेला परेका थिए। श्रेष्ठ मृत फेला परेको भन्ने खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी खटी गई अनुसन्धान कार्य भइरहेको छ।त्यसैगरी मोरङको सुनवर्षी नगरपालिका–९ भेडुवाथान बस्ने दिलीप सुतियारका ३ वर्षीय छोरा राहुल सुतियार शनिबार दिउँसो ५ बजे घरबाट हराएका थिए । आफन्तहरूले