जिल्लाका विभिन्न स्थानमा पानीमा डुबेर शनिबार एक बालकसहित तीनजनाको मृत्यु भएको छ । गौरीगञ्ज गाउँपालिका–१ की अन्दाजी ४७ वर्षीया बिन्दाकुमारी मगर, शिवसताक्षी नगरपालिका–८ झिलझिलेका १३ वर्षीय दिपेश राई र झापा गाउँपालिका–२ हवल्दारवस्तीका ४५ वर्षीय यादव पोखरेलको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार अपराह्न गौरीगन्ज बजारबाट घर फर्कने क्रममा माई खोला तर्न खोज्दा…