काठमाडौँ – साफ यु–२० च्याम्पियनसीप फुटबलअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको छ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा पहिलो हाफसम्म दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए। खेलको ६३ औँ मिनेटमा पियास अहमद नोभाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए। त्यसको केहीबेरमै नेपालका लागि निरञ्जन मल्लले खेलको ६८ औँ मिनेटमा बराबरी गोल […]