नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्नेगरी मर्जर प्रक्रिया अगाडि बढाएको छ । साथै, नेपाल बंगलादेश बैंकले पनि यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।
यी दुवै वाणिज्य बैंक मर्ज हुने भनेर पहिलेदेखि नै चर्चा हुँदै आएको थियो । तर, त्यो प्रक्रियामा अगाडि बढ्न सकेको थिए । अहिले नबिल र नेपाल बंगलादेश बैंक दुवैले मर्जर समिति बनाएर प्रक्रिया अगाडि बढाएका हुन् ।
नविल बैंकको बुधवार सम्पन्न बोर्ड मिटिङले सञ्चालक सदस्य उदयकृष्ण उपाध्याय संयोजकत्वको मर्जर समिति बनाएको छ । सोही समितिले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्...