पाँच वर्षीया प्रभा खनाल स्कुल जान थालेको २ वर्ष भयो । यद्यपि उनलाई स्कुल पठाउन अभिभावकलाई साह्रै गाह्रो हुन्छ । स्कुल जानुभन्दा अगाडि मोवाइलपनिसँगै लैजाने उनकोे हठ हुन्छ । महाराजगञ्ज बस्दै आएकी उनलाई घरमा खाना, खाजा मोवाइल देखाएर मात्रै ख्वाउनु पर्छ, नभए खानै मान्दिनन् । अन्य साथीहरुजस्तो बाहिर गएर खेल्न खासै खोज्दिनन् । मोवाइल, टिभी हेरी घरभित्रै बस्न मन पराउँछिन् ।कक्षा पाँचमा पढ्ने निशान पाण्डे पनि स्कुलको गृहकार्य गर्नु भन्दा पहिला मोवाइलमा गेमलगायत कार्टुन हेर्न सधैँ जिद्दी गर्छन